ह्याप्पी न्यू इयर !
हप्ता दिनअघि देखी रंगीएका भित्ताहरु रंगिन चित्र र आकर्षक अक्षरहरुले । कुदिन्छन कलात्मक बुट्टा , लेखी ह्याप्पी न्यू इयर तर , थिचेर बाध्यताले मनभित्रका रहरहरु , विवश छन जिउन मानव आकृति संवेदना गुमाएर । देखिन्न अभिलाषा अन्तरआत्माको , सुनिदैन आर्तनाद कसैको , देखिन्छ हासो खाली खोक्रो भावाङ्गी रित्तो , स्पष्ट देखिन्छन यान्त्रिक व्यवहारहरु , सक्दैन मुस्काउन अन्तरआत्मावाट कोही , पारिन्छन देखावटी फेसबुकका भित्ताहरुमा नक्कली शैलीमा " ह्याप्पी न्यू इयर ” ।