Posts

Showing posts from August, 2014

भोगाई

नरप्रसादका दुई दाजुभाइ छन् । नरप्रसाद गाउँमै खेतिपाती गर्छन भने भाइ श्यामप्रसाद सहरमा व्यवसाय गर्छन् । नरप्रसादकी छोरी ५ वर्षकी भईन् । उनी भर्खर स्कुल जान थालेकी छन् । खेतीकिसानी गर्ने नरप्रसादले निकै दुःख गरेर छोरीलाई सुनका पिपलपाते मुन्द्री लगाईदिएका थिए। त्यसै त राम्री नरप्रसादकी छोरी सुनका गहना कानमा टल्किदा झन राम्री देखिएकी थिई । उता श्यामप्रसादको छोरो भर्खर ३ वर्षको भयो । यसपाली दशैमा व्यवसायबाट फुर्सद निकालेर दाजु भाउजु र छोरीलाई एक एक जोर कपडा सहित श्यामप्रसाद गाँउमा आए ।   दाजुभाइ बसेर दुःखसुखका कुरा गर्दै गर्दा दिदीभाइ पनि एकआपसमा खेल्दै थिए ।काकाले सहरबाट ल्याई दिएको नयाँ लुगा र दशै‌को रमझम अनि भाइ आएकोले छोरीको खुसी अनुहारमा जूनझैँ झल्किन्थ्यो   । भाइ पनि   गाउँघरको नयाँपन र दिदीको मायाले रमाइरहेको थियो । दिदीको कानमा टल्किएको सुनको मुन्द्रीमा भाइको आखा पर्यो । बाल मन न हो ! टल्किएको वस्तुमा हठात हातले तान्न थाल्यो ।भाइले तान्न थालेपछी दिदी रोएर कराउन थाली । नरप्रसाद र श्यामप्रसाद आआफ्ना बच्चालाई समाएर छुटाए ।तर छोराले मुन्द्रीमाथी साह्रै ज...

बलबहादुर

बल बहादुर निकै प्रभावशाली नेता थिए । विशेष गरी जातीय समानताका सन्दर्भमा उनको विरोध गर्नु भनेको साउनको खहरेसँग पौठेँजोरी खेल्नु जत्तिकै हुन्थ्यो ।जस्तै मै हुँ भन्ने विद्वान पनि उनको तर्कसँग नतमस्तक हुन बाध्य  हुन्थे । सैद्धान्तिक ज्ञानमा  जति निपुण छन् ,उनले त्यसलाई व्यवहारिक रुप पनि दिएका थिए । उनकी छोरीले बाहुन केटासँग अन्तरजातीय बिहे गर्दा बाहुनहरुले घरमा बस्न दिएनन् । उनको छोरी र ज्वाँईलाई साथमा राखी कट्टर बाहुनहरुलाई समेत यो विवाहलाई स्विकार गर्न लगाएपछि गाँउ मात्र नभएर जिल्लाभरि उनको चर्चा चुलिएको थियो । विगत एक महिनादेखि बलबहादुरका छोरा लालबहादुर गाँउमा  देखिएका थिएनन्। सधै गाँउमै रहने मिलनसार  तथा सहयोगी उनको बारेमा सोध्दा बलबहादुरले अनकनाएर विदेश गएको बताए । पछि बुझ्दा थाहा भयो पल्लो गाँउकी पानी नचल्ने जातकी केटीलाई बिहे गर्यो भनेर बलबहादुरले उनलाई घर निकाला गरेका रहेछन् ।