Posts

Showing posts from September, 2013

आङ ढाक्न विदेशीको भेष खोज्छौ किन ?

आङ ढाक्न विदेशीको भेष खोज्छौ किन ? देश आफ्नै भएपछी प्रदेश खोज्छौ किन ? थाह छ सबैलाई लगावकै खाँचो छ यहाँ , समयलाई नबुझेर ऐश खोज्छौ किन ? अनेकतामा एकता , असमानतामै समानता , सबलाई समान भाग पुगे शेष खोज्छौ किन ? हिम्मत गरौ क्षमता छ दौडनलाई पनि , उभिनलाई विदेशीको अडेस खोज्छौ किन ? सहिष्णुता नैतिकता हाम्रै पहिचान , आफै अल्झी लड्नलाई ठेस खोज्छौ किन ?

हिजो आज

हिजो आज शहरमा तिम्रो चर्चा धेरै  सुने । दिनका चारै प्रहरमा तिम्रो चर्चा धेरै  सुने । खै के जादू छरेकी छौ सबको मस्तिष्कमा, अन्वेसकको ठहरमा तिम्रो चर्चा धेरै  सुने । मेनकाकी त माथ पर्ने उर्वशीका  के कुरा ? सिलोकका ति लहरमा तिम्रो चर्चा धेरै  सुने । अनुप्रास मिलेपछी काफिया र रदिफको , गजलका बहरमा तिम्रो चर्चा धेरै  सुने  । बौद्धिकता मगजभित्र ट्वाल्ल पर्यो जब , बुज्रुकका नि डहरमा तिम्रो चर्चा धेरै  सुने ।।

रोमियो र जुलियटको झै पृत भो जिन्दगी ।

रोमियो र जुलियटको झै पृत भो जिन्दगी । न हारे कसैसंग न त आफ्नै जित भो जिन्दगी । सकेछैन आकाश छुन नत रहे धरतीमै , आफ्नै मनको जेल भित्र कुण्ठित भो जिन्दगी । बिहानीमा टल्किने मोतीका ति दाना , आहा ! घामको रापसंगै उड्ने शीत भो जिन्दगी । पहिल्याउन सकिन की आफ्नै पदचाप , खोलाछेउमा गाईएको गीत भो जिन्दगी । सोच्थो मुक्ति रंगीचङ्गी हरियाली चारैतिर , मात्र सफेद , गेरु अनि पीत भो जिन्दगी ।।