आङ ढाक्न विदेशीको भेष खोज्छौ किन ?
आङ ढाक्न विदेशीको
भेष खोज्छौ किन ?
देश आफ्नै भएपछी
प्रदेश खोज्छौ किन ?
थाह छ सबैलाई लगावकै
खाँचो छ यहाँ,
समयलाई नबुझेर ऐश
खोज्छौ किन?
अनेकतामा एकता, असमानतामै समानता,
सबलाई समान भाग पुगे
शेष खोज्छौ किन ?
हिम्मत गरौ क्षमता छ
दौडनलाई पनि,
उभिनलाई विदेशीको
अडेस खोज्छौ किन?
सहिष्णुता नैतिकता
हाम्रै पहिचान,
आफै अल्झी लड्नलाई
ठेस खोज्छौ किन ?
Comments
Post a Comment