Posts

Showing posts from June, 2013

लघुकथा

समय दश कक्षाको टेस्टमा फेल भएपछी दर्वाङ बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउ गाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउथे । खासगरी रक्सी पसलमा त चाडै नै सकिन्थ्यो । के गर्नु ! परिवार पाल्नै प र्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमैदिन वित्थ्यो । भर्खरको देखेर हो या आफ्नै दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाईनै भरीया बनाउन खोज्थे । दलाललाई पासपोर्ट बुझाएको दुई महिना भैसकेको थियो । एक दिन एउटा लाहुरे आयो । कालो चस्मा , टि सर्ट र जिन्सपाईन्ट लगाएको , गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर आउदा यस्तै देखिन्छन । महिनादिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस झार्ने क्रममा खलासीले  मान्छेकोभन्दा दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारेपनि उसले केही भनेन । म आफ्नो रोजगारदाता पाएकोमा भित्र भित्रै दंग थिए । पुर्याउने ठाँउ र...

गजल

संगै हिड्ने बाचा गरी एक्लै मलाई पार्यौ किन ? आउने जाने मुलबाटोमा काडा राखी बार्यौ किन ? हिजोसम्म पूजा गर्यौ मनमन्दिरमा सजाएर , आज छड्के तीर हानी आफ्नै देउता मार्यौ किन ? बाचेको छु आज एक्लै स्मृतिलाई अंगालेर , मुटुभित्र बास मागी अन्तै डेरा सर्यौ किन ? आवरणमा खुशियाली  बाचाकसम गरी गरी , फटाउनुनै थियोभने नौनीजस्तै खार्यौ किन ? संगै हिड्ने बाचा गरी एक्लै मलाई पार्यौ किन ? आउने जाने मुलबाटोमा काडा राखी बार्यौ किन ?

म

म एउटा गन्तव्यहिन यात्री, घरी चढ्न खोज्छु उकालो, अनि झर्न खोज्छु ओरालो। मलाई थाहा छैन मेरै गन्तव्य, थाहा छैन अनि आफ्नै कर्तव्य। एउटा फुटबल म, कुनै बेला पक्ष, कुनै बेला विपक्ष। कुन कहिले गोलपोष्टमा त कहिले मैदानको बिच चोकमा कसैले खुट्टाले, कसैले टाउकाले, कसैले छातिले त घुडा र गर्धनले । फगत कुट्छन गुद्छन मलाई, म, निरिह छु, रमिताको पात्र बन्न तमसाको साधन बन्न। म लात खाई उफ्न्छु, कसैको नियन्त्रणमा बस्न खोज्छु। अनि खोसीन्छु, अनि फेरि खोसिन्छ,ु कुनै बेला गोल पोष्टबाट बाहिर निस्कने मेरो प्रयास हुदैन सफल। म, समातिन्छु, म अड्किन्छु, पुलिसले चोर समाते झै कमलको फुलमा भमरा अड्के झै। म, यस्तै छु साथी, दगुर्नु पर्ने मेरो जिवन भौतिरिनु पर्ने मेरो भाग्य फुल बन्न खोज्दा काँडा बन्नु पर्ने साधन बन्नु पर्ने हुन खोज्दा साध्य सहरका गल्लीहरुमा नगरका चोकहरुमा कहिल्यै ननिदाईकन प्यास अनि भोकहरुमा म लर्खराईरहेछु म भौतारिरहेछु निस्फल निरुदेश्य चन्द्र छुने चाहा मेरो शिखर चुम्ने धोको तर खाली भैदिन्छु मा...

सत्यता

सत्यताको मोल छैन‍ ढाँट्नेहरु सबै नैतिकतालाई पैसासँग साट्न्हरु सबै । अनिकाल परेको छ ईमान्दार र सज्जनको षड्यन्त्रको डोरी बाट्नेहरु सबै  । कर्तव्यको कुरै छैन अधिकार खोज्छन् मह काढ्ने छैनन् हात चाट्नेहरु सबै । आफ्नो दुनो सोझ्याउने भड्खालमा जाउन अरु काम गर्ने छैन भाषण छाट्नेहरु सबै । आफै सर्वज्ञाता ठान्ने मुर्ख स‌‌‍सार सारा हत्केलाले सूर्य छेक्न आट्नेहरु सबै । 

गजल

प्रकृतिको छटा जस्तै सुन्दरी छौ तिमी ,  आँगनीको शोभायामान मञ्जरी छौ तिमी । चन्द्रजस्तै चम्कीरहने हँसिलो त्यो मुहार , चौबिस क्यारेट सुनजस्तै नम्वरी छौ तिमी । मगमग सुवास छर्यौ मेरो जिवनभरी, बगैचामा फुल्ने फूल अनेकथरी छौ तिमी । तिमी मेरो दिलमा फुल्छ्रयौ सार्थक लाग्छ जिवन, यो मुटुको धड्कन जस्तै सधैभरी छौ तिमी । समाहित गर्यौ पृय एक अर्कामा जिवन, अप्सरा त स्वर्गकी मेरी परी छौ तिमी । 
Image

आज नेपाल बन्द छ ।

आज नेपाल बन्द छ ।  खै कहाँ हो < कसले हो कसलाई ,  खै कुन्नी के वाहनामा , खै कुन्नी के भएर,   खै कसरी कुन्नी के ग¥यो अरे  आज नेपाल बन्द छ ।   खै कसको < खै के नामको < खै कुन सिद्धान्तको < खै कुन वर्गको < कुन्नी कुन राजनितिक पार्टीको, खै कहिलेदेखीको < एउटा कार्यकर्तालाई, दिन दहाडै सडकमा, मान्छे मार्दै गर्दा   पूलिसले समात्यो अरे  उसलाई किन समातियो < पार्टीको माग छ ,  आज नेपाल बन्द छ  ,  मर्ने त अर्को पार्टीको थियो , उ हाम्रो हो , किन समातियो < हामीमाथी किन षड्यन्त्र < छानविन समिति गठन हुनुप¥यो , उसमाथीको विल्ला खारेजी  अनि  हााम्रो कार्यकर्ता समाउनेलाई मृत्यूदण्डकै सजाँय  त्योपनि हामीबाटै । यही हाम्रो माग छ । आज नेपाल बन्द छ ।  खै कहाँ हो < यही दशगजाभित्रै, मेची महाकालीभित्रै, लुटेरा र तस्करविच झडप भो रे दोहोरो  तस्कर भो रे ठहरै , हाम्रो घोर आपत्ती छ ।  आज नेपाल बन्द छ । यहाँ ज्यानको ...

धोवी चरी

धोवी चरी मिर्मिरेको आँगनीमा धोवी चरी गाउन थाली, चिरविर चिरविर भाका फेरी गाउन थाली । लालिमाले पोतिएको पूर्वी क्षितिज पर , समानान्तर आकाशमा नाच्दै फेरी गाउन थाली । मगमग पाजिातको मदहोसी पवनले, लठ्ठिएर सुरताल फेरीफेरी गाउन थाली । वसन्तको पल्लव भित्र लुकामारी खेल्दै, हराएको मेरो मन चोरी चोरी गाउन थाली । रुमल्दिै थियो मुक्ति झम्के बिहानीमा , उमङ्ग र उल्लासको बर्षा छरी गाउन थाली ।

माछापुच्छ्रे

स्वर्णिम हिम चादरको आँचल ओढी हरियो फरियाले ढपक्क ढाक्दा आफ्नो आङ्, लालीमय उषादेखि गोधूली सन्ध्यासम्म बादलुको पर्दाबाट चिहाएर मसँग लुकामारी खेल्दा शीतल पवनले सर्लक्क सुकाई दिँदा जिउका पसिना , मुसुक्क मुस्कुराउथ्यौ तिमी दन्त लहर फिँजाएर । म हेर्दै टोलाउँथे देउरालीबाट लोलाएर .....। काउकुतीले सताउथ्यो मलाई तिम्रो रुपको वर्णनले मात्र पनि तिमीमा स्पर्शित पवनले हर्ष र आनन्दको वर्षा गराउथ्यो ममा अनि हराउथेँ टोलाएर स्मृतिपटलमा सल्बलाउने ती मनमोहक ती दृष्यहरु तिमीभित्र छिपेका विभिन्न आकृतिहरु मनभरि कल्पिएर । बाघजस्तै निर्भिक जीवनसँग सन्तुलन राख्दै, घोडाजस्तै कुदेर प्रगतिको शिखर चुम्ने उत्कण्ठा मेरो, तिम्रो कौमार्य जन्मजन्मान्तर पाउने अभिलाषा साँचेर । तर ..............? ओ माछापुच्छ्रे ! तिम्रो कौमार्य नै फिक्का लाग्दैछ आज बुढ्यौलीका स्पष्ट रेखा तिम्रा भावाङ्गीमा झुल्किदा शीतल पवन पनि कर्कश स्याँठ लाग्छ । देउरालीको सिर्सिरे, मुटु छुने सिरेटो लाग्छ । सिकार भइसकेछ घोडा .......................... तिमीभित्रकै बाघबाट ? अहँ, हैन ! हामी मानवबाट हाम्रो मानवताबाट ! त्यसैले त उसको पनि वध निश्चित छ निश्च...