आज नेपाल बन्द छ ।


आज नेपाल बन्द छ । 

खै कहाँ हो <
कसले हो कसलाई , 
खै कुन्नी के वाहनामा ,
खै कुन्नी के भएर,  
खै कसरी कुन्नी के ग¥यो अरे 
आज नेपाल बन्द छ ।  

खै कसको <
खै के नामको <
खै कुन सिद्धान्तको <
खै कुन वर्गको <
कुन्नी कुन राजनितिक पार्टीको,
खै कहिलेदेखीको <
एउटा कार्यकर्तालाई,
दिन दहाडै सडकमा,
मान्छे मार्दै गर्दा  
पूलिसले समात्यो अरे 
उसलाई किन समातियो <
पार्टीको माग छ , 
आज नेपाल बन्द छ  ,

 मर्ने त अर्को पार्टीको थियो ,
उ हाम्रो हो ,
किन समातियो <
हामीमाथी किन षड्यन्त्र <
छानविन समिति गठन हुनुप¥यो ,
उसमाथीको विल्ला खारेजी 
अनि 
हााम्रो कार्यकर्ता समाउनेलाई
मृत्यूदण्डकै सजाँय 
त्योपनि हामीबाटै ।
यही हाम्रो माग छ ।
आज नेपाल बन्द छ । 

खै कहाँ हो <
यही दशगजाभित्रै,
मेची महाकालीभित्रै,
लुटेरा र तस्करविच
झडप भो रे दोहोरो 
तस्कर भो रे ठहरै ,
हाम्रो घोर आपत्ती छ । 
आज नेपाल बन्द छ ।

यहाँ ज्यानको सवाल छ , 
तस्करी पेशाको सवाल छ । 
राज्यले सुरक्षा दिन सकेन ,
यही हाम्रो ठहर छ । 
आज नेपाल बन्द छ । 
घटनाको छानविन,
मृतक तस्करलाइ शहीद घोषणा,
परिवारलाई दश लाख,
घाईते लुटेराको उपचार ,
दोषीमाथी कारवाही,
हाम्रैहातबाट, 
हाम्रै चाहनामा  
हुनुप¥यो । 
हाम्रो यती माग छ ,
आज नेपाल बन्द छ । 
नियमले मिल्दैन <
सच्याउ
कानुनले दिदैन <
च्यातेर फालिदेउ
संविधान <
उखेलिदेउ ।
तर ................
हाम्रो माग पुरा गर्नै पर्छ 
आज नेपाल बन्द छ============================ 





Comments

  1. यो कविता सारै राम्रो छ गुरू, विम्बको असाध्यै मीठो प्रयोग पनि गर्नुभएको छ। लेख्दै जानुहोला । :)

    ReplyDelete
    Replies

    1. धन्यवाद गुरु , तपाईंहरुको हात समाएर साहित्यको मैदन्मा बामे सर्न खोज्दै छु ।

      Delete

Post a Comment

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद