राष्ट्रवाद
छिमेकी देशले अन्तराष्ट्रिय सन्धि , सम्झौता लत्याउदै भुपरिवेष्ठित देशले पाउने स्वतन्त्र पारवाहन अधिकार समेत कुल्चेर नाकाबन्दी गरेपछि धेरै नेपालीमा मौषमी राष्ट्रवाद पलायो । " उसले तेल नदिए के भो र ? हामी अर्को छिमेकी देशबाट ल्याउछौ " । एक नेताले भने । " हामीले चामल निर्यात गरेको इतिहास छ । कसैले नाकाबन्दी गर्दैमा हामी भोकै मर्दैनौ । ३९ % जंगल छ हाम्रो दाउरामा पकाएर खादा झन स्वादिलो हुन्छ" तसर्थ ग्याँसको विकल्प दाउरा , अर्को नेताले भाषण ठोके , बदलामा पनि उसले ताली ठोक्यो । " गाडी चढ्न नपाएर के भो हामी साईकल चढ्छौ ", भर्खर मन्त्री पद खुस्केका उसका नेताले उद्घोष गरे । उपस्थित सबै जनले करतल ध्वनीका साथ ताली पट्काए । राष्ट्रवादी मोर्चाको भेला सकियो । उ पनि घर तिर लाग्यो । अभाव हुन्छ भन्ने थाह पाएपछि लुकाएर राखेको २ सिलिन्डर ग्याँस सकिएको थिएन । खाना खाईवरी सुत्यो । बिहान बाथरुममा नुहाईसकेपछि गन्जी लगाउन खोज्दा गञ्जीको लेबलमा आँखा पुग्यो जहाँ Made in India लेखेको थियो । उसको पालो सो लेबल च्यातेर फ्याँकीदियो । अनि गन्जी लगायो । दिनभर उसलाई र...