नयाँ बर्ष नयाँ गजल
मनमा माया संगालेर तिमीसंग जिउन खोजे , दुख सुख अंगालेर तिमीसंग जिउन खोजे । धर्तिलाई तल छाडी उडेको थ्ये आकाश छुन , माथीबाटै फङ्गालेर तिमसंगै जिउन खोजे । तिम्रै छाती मेरो ओत , तिम्रो हाँसो मेरो खुशी , आफूभित्रै संगालेर तिमीसंगै जिउन खोजे । नियतिले छुटेपनि साथ हाम्रो घरी घरी , मनमा माया संगालेर तिमीसंगै जिउन खोजे । ज्योति बनि तिमी आयौ म त मैन बत्ती , जिन्दगीलाई पगालेर तिमिसंग जिउन खोजे ।।