Posts

Showing posts from January, 2015

सपना

गरिब परिवारमा जन्मे ! बोर्डिङ कस्तो हुन्छ थाह पाईएन, पढ्दा पढ्दै आन्दोलनमा लागेर पढाई पुरा गर्न पाईएन । साना कक्षामा फस्ट भएर आउदा बाबाले भनेको सम्झिन्छु । “जमाना अनुसार दुख गरि पढाईएको छ हाम्रा नी दिन आम्चन अरे अब प्रजातन्त्र  शासन आम्च रे ,जातभात उचनिच हुन्न रे हाम्राँ केटाले पढेउरो एउटा गतिलो नुकुरी पाउला नि ! त्यतिबेला यी आँखामा सपना ओर्लिए, धेरै पढ्ने मास्टरको जागिर खाने साहुको जत्रै घर बनाउने , बा का हातका ठेला हेरे , अनि दाँज्न भ्याए साहुका हामीले हेर्दापनि दाग लाग्ला जस्ता सेता हात नाडी चम्किएको सुनौलो सिको फाईभ घडी !  फेरी दाँजे साहुनीका सेता पाउजु लगाएका टल्किने खुट्टा संग धान रोपेर २ महिना पानी नपाएको टारी खेत झै चिरा परेका मेरी आमाका पाईतालासंग । झुक्किएर पाक्ने चामलको भात खाने ! उमेरसानै थियो संग संगै सपना पनि । पढ्दै गए केही बुझ्दै गए , सपना परिमार्जित हुदै गए । घरको अवस्था फेरिदै गयो । खाने मुख थपिए यहाको कुटो कोदालोले नपुगेर बा मुग्लान भासिनु भो । घरमा आमालाइ सघाउदै स्कुल जान थाले पढाई छुट्दै जोडिदै गयो । तर निरन्तरता पाईरह्यो । दशमा पुगे एस एल सी पास गरे ...
Image

"ग्रामिण कृषि महोत्सव तथा घरेलु मेला''

गाँउमा छलफल भयो । निर्णय पनि भयो । हाम्रो गाउँमा पनि महोत्सव लगाउने । महोत्सवको नाम " ग्रामिण कृषि महोत्सव तथा घरेलु मेला '' र नारा " कृषि तथा घरेलु सामाग्री पर्वद्धनका लागि ग्रामिण महोत्सव " राखियो महोत्सवमा गाँउका सथानिय कृषि तथा घरेलु  उत्पादन लाई पर्वद्धन गर्ने लक्ष्य पनि राखियो ।  महोत्सवको उद्घाटन  सरकारका मन्त्रीबाटै गराउने भईयो । प्रचार प्रसार पनि व्यापक  गराईयो । महोत्सव अवलोकनका लागि छिमेकी गाविस मात्र हैन अन्य जिल्ला लाई समेत निम्ता दिईयो ।  विभिन्न कृषि उपज तथा घरेलु उत्पादनका स्टलहरु राखिने भईयो । कार्यक्रम भव्य हुने भो । बहुराष्ट्रिय रंग उत्पादन कम्पनीले कार्यक्रम  प्रचारका लागि फ्ल्यास बोर्ड बनाईदिने भो , उसलाई एउटा स्टल मिल्यो । चाईनाका ईलेक्ट्रोनिक सामान बेच्ने होलसेल पसलले साउन्ड सिस्टमको व्यवस्था गरिदिने भो , उसलाई पनि स्टल मिल्यो । रक्सी बेच्ने होटलले पाहुनाको खाना खर्च व्यहोर्ने भयो , उसलेपनि स्टल पायो । भारतिय चर्चित सर्कस " मौतकी कुवा " वालाले सारा गाउँ कागज र प्लास्टिकका फूलहरुले झकिझकाउ पारिदियो उसका लागि  त झन विषे...