राष्ट्रिय बाल दिवशको उपलक्ष्यमा
बाल दिवशको अवसरमा मिस्टर शर्मा बाल अधिकार सम्बन्धी काम गर्ने अन्तराष्ट्रिय संस्थाका नेपाल स्थित कार्यालयका निर्देशक हुन् । बालबालिकाको अधिकारको क्षेत्रमा उनलाइ टकराव दिन कोही अगाडी आउन सक्दैनन् । देशका बालबालिकाको अवस्था यूरोप र अमेरिकाको दाँजोमा पुर्याउने उनको मिसन छ। उनको आक्रामक कार्यशैली समेटिएको कार्यपत्रसंग बालबालिकाका अभिभावक मात्र हैन सरकार समेत झस्किन्छ। पढ्ने उमेरका बालबालिकालाई कुनैपनि श्रममा लगाउन नपाउने तथा घरमा आमाबावुलाई सघाउने घरयासी काम समेतले बालबालिकाको श्रम शोषण गर्ने उनी जिकिर गर्दछन् । सरकारले बालदिवशको अवसरमा प्रत्येक बर्ष काठमान्डौंमा आयोजना गर्ने गोष्ठीमा उनको कार्यपत्रले प्रथम स्थान प्राप्त गर्छ । आज पनि शर्मा जी बालदिवशको अवसरमा नेपालमा बालबालिकाको वर्तमान अवस्था र भावी चुनौती बिषयको कार्यपत्र उत्कृष्ठ ठहरियो । जसमा सरकारमा मन्त्रीले प्रशंसा गरे अझ प्रधानमन्त्रीले त उनको कार्यपत्रमाथी तारिफ गर्नमै आधा घण्टा खर्चिए । बेलुकी शर्माजी घर फर्किदा गेट खुल्न ढिलो भयो । २ / ३ पटक गाडीको हर्न बजाउदा समेत गेट नखुल्दा रिसले चूर भए शर्माजी । घ...