Posts

Showing posts from April, 2014

मिठो लाग्छ

समिप पर्दा लखेट्दछ्यौ तिम्र्र्रै काख मिठो लाग्छ । बज्रसरी बज्रे पनि तिम्रै हात मिठो लाग्छ । तिमी घोच्छ्यौ मुटुभित्र वचनले छुरा सरी अचानो झैँ बसे पनि तिम्रै बात मिठो लाग्छ।  मेरा निम्ति मृदुभाषा शब्दकोशमा  छैन होला , मुटु छेड्ने भएपनि तिम्रै बात मिठो लाग्छ । बिना पानी माछा जस्तै हुन्छु म त तिमी बिना,  वचन वाण हाने पनि तिम्रै बात मिठो लाग्छ।  घारे हात पसारेर मलाई गाली गरेपनि , तिम्रै स्वर तिम्रै रुप तिम्रै भाका मिठो लाग्छ ।

नया बर्ष

बादलुको पर्दा स्वाट्ट उघारेर प्रकृतिले आँचल फेर्दा , हरिया जङ्गलका कलिला पातहरुभित्र लुकामारी खेल्दै जव गाउछे कोईलीले गित , सुटुक्क एन्टिनाले नियाल्दै बाहिरी संसार , यार्सागुम्बाले फेर्छ आफ्नो रुप , टुप्लुक्क आउछ मेरो नयाँ बर्ष मलाई स्वागत गर्न । थकित मस्तिष्कबाट कोमल भावले जुर्मुराउदै उभिन्छन आशाका लहरहरु तुर्लुङ्ग झुण्डिन्छन सपनाहरु आँखामा खातमाथी खात लाग्छन आकङ्क्षाहरु आफ्नै मन मस्तिष्कमा हरियो फरिया फेरेर स्नानगृहबाट निस्कदाझै लहराउदा केशबाट , तप्प तप्प चुहाउदै पानीका थोपा मन्द मुस्कान छर्ने नवयौवनाको । वैश छल्किन्छ जव मेरो हिमाल मुसुक्क मुस्कुराउछ । होलीको रङ्गले रङ्गिएर पतझरको नयाँ पालुवा सङ्गै बचेराको चिरविर शुरु हुन्छ अनि पिपिरो घाँसका गाँजहरुमा बुरुक्क उफ्रदै , चर्न थाल्छन मृग शावकहरु ढकमक्क फुलेर गुराँसले लालिमा छर्छ तव घरक्क दैलो उघारेर बढदै गरेको मेरो अल्छीपनलाई टाढा लखेट्दै साउती मार्न आईपुग्छ मेरो नयाँबर्ष !

मेरो कविता हरायो !

बिदो्रहको स्वरले गुन्जिने क्रान्तिको आभा पोतिएको गाउ सहरमा भेटिने पीडाका कथा लेखिएका धेरै वेदना अटाएको भोकै रात कटाएको उमेर नपुगी चाउरिएको कुपोषणले बाउडिएको झुपडीबाटै उदाएको प्रभातकालमा फुटाएको मान्छेसंग बिच्केको संसाझैमा निस्केको संगिनको ढाल बनेर अनेक यूद्ध छेडेको आफ्नै मौलिक मिठासले सामाजिक प्रतिष्ठा पाएको । साहुको खेत जोत्दा जोत्दै बस्ने छानो खोज्दा खोज्दै अचानक हरायो मेरो कविता मेरो कविताले कहिल्यही कुनै जात हु भनेन , कुनै वादको नाममा बिकेन , कुनै धार्मिक खोल ओढेन , कुनै एक सम्प्रदायको स्वार्थ भिरेन । कुरीति र कुसस्कारको पगरी गुथेन । मेरो कविताले स्कुल र कलेजमा ढुङ्गा हानेन क्रान्तिका नाममा नेपाल बन्द गरेन , मोटर जलाएन , सडकमा टायर बालेन क्रान्तिकारी हु भन्दै निहत्थाको जिउ मासेन । कयौ जोर जुत्ता फटाउदा मेरो कविताले कुनै जागिर भेटेन किनकी उसंग थियो शैक्षिक योग्यता , अनि थियो चारित्रिक योग्यता , पेशागत इमान्दारिता बाँकी अत्यावश्यक रहेछ जो उसंग छैन । ए कसैले देख्यो कि ? झुत्रो टालो लगाएको मैलो धोती बेरेको समानताको नजरले हर नेपालीलाई हे...