Posts

Showing posts from 2013

ह्याप्पी न्यू इयर !

Image
हप्ता दिनअघि देखी रंगीएका भित्ताहरु रंगिन चित्र र आकर्षक अक्षरहरुले । कुदिन्छन कलात्मक बुट्टा , लेखी ह्याप्पी न्यू इयर तर , थिचेर बाध्यताले मनभित्रका रहरहरु ,   विवश छन जिउन मानव आकृति संवेदना गुमाएर । देखिन्न अभिलाषा अन्तरआत्माको , सुनिदैन आर्तनाद कसैको , देखिन्छ हासो खाली खोक्रो भावाङ्गी रित्तो , स्पष्ट देखिन्छन यान्त्रिक व्यवहारहरु , सक्दैन मुस्काउन अन्तरआत्मावाट कोही , पारिन्छन देखावटी फेसबुकका भित्ताहरुमा नक्कली शैलीमा   " ह्याप्पी न्यू इयर ” ।

गजल

धनको लागि बाउआमाको काख छाडी आए लेकबेंशी भन्ज्याङ डाडा पाखा छाडी आए । अर्थोही लोके पुरुवस्य बन्धू जहीँ बान्धव अनि प्रियसीको साथ छाडी आए । अन्तरमनमा साँचिएको कल्पनालाई पन्छाएर संघारमा टिलपिलाउदो आँखा छाडी आए । बाध्यताले कुल्चिएर सपनाका रहरहरु देउसी भैलो ज्याउरे गीतका भाका छाडी आए । स्वभिमान  र आत्मसम्मान हराएको बेला बुद्ध मेरो शिर सगरमाथा छाडी आए ।

तिहार

शरदको मौषम झै रङ्गिन निधारमा टल्काएर , सप्तरङ्गी टीका । मादल र मुर्चुङ्गाको तालमा देउसी र भैलीको भाकामा , नाच्दै छु म कम्मर मर्काएर । सयपत्री झै पत्रैपत्र मखमली झै अजर , अनि गुरद्यौलीको रङ्ग झै , माला गाँसीएको दाजुभाई र दीदीबहिनीको पवित्र सम्बन्धले । फोहर सफा गर्ने काग , रक्षक कुकुर , दुधदिने गाई , खेत जोत्ने गोरु पूज्ने त्यस्तो पर्व , अहंकार चुर गर्ने विलासी र अत्याचारी इन्द्रको ।। गोवर्द्धनको नाममा सम्झना दिलाउने हाम्रो उर्वर पर्वतको । छरेर मनमा उज्यालो दिपावलीको दीपले देख्छु रङ्गिन सपना जब औशींको रातमा झीलीमीली तिहार को यो सांझमा ।

शरद

लहलह झुलेका धानका वालाहरु, पातलिएको सूर्यको प्रकास, खेल्दै बादलुका गुच्छाहरु खुल्दै गरेको आकाश । श्वेत दन्त लहर फिजाएर हाँसेको हिमाल । प्रभातिय मधुर किरणको स्पर्श जब पर्छ धर्तीमा । सप्त रंगी बन्दछन मोती दाना, बयली खेल्छन सुनौला वाला चल्दछ अनि सुस्तरी पवन । सामना गरेर घाम र खडेरी झरी अनि बाढी, रोपिएको अन्न आज झुलेको देख्दा सुनौला भई, खेतको आलीमा बसेर सपना साचेर । हातमुख जोर्ने बर्षदिन भरी उमङ्ग र उल्लाससित चाडपर्व मान्ने, आशा साँची मन्द मुस्कान छर्ने किसानसंगै । फक्रेको यौवन छताछुल्ल पारेर लालुपाते संगै रंगीई, शितल पवनसंगै बयली खेल्दै, दशैं अनि तिहारलाई स्वागत  गर्दै, छठसंगै सिङ्गारिएर आाउछे   "शरद" आफूलाई रानी ठानेर। सयपत्री र मखमलीसंगै फूलेर । धानका बालासंगै झूलेर ।।

लघुकथा दशैं

bz}+ s[lqd uef{wfgdf /fd|f] kkm{d]G;  / :yfgLo ;d'bfo;Fu l56f] leHg ;Sg] ePsfn] s]GbLo ;/sf/sf] ljz]if cfu|xsf] sf/0f  d]/f] /fHoaf6 s'g} a]nfsf] lgs} lk5l8Psf] t/ clxn] ;d'Ggt ag]sf] /fHo s0ff{nLdf ;¿jf ePsf] 5 . aL; jif]{ hflu/] hLjgsf] ;'?jftL kfFr aif{sf] cj:yf x]bf{ d}n] ;f]r]sf] klg lyOg sL of] kbdf klg ­­olt ;Ddfg / cj;/x? kfOG5 eg]/ Û x'g t h'lgo/ 6]SgLl;ognfO 3/kfos g} /fVg] rng xfd|f] lghfdtL ;]jfdf k'/fg} xf] clg g]kfnsf] ;+3Lo  ;+ljwfg @)&!n] klg k'/fgf ;/sf/L sd{rf/LnfO{ cfkm" klxn] h'g /fHodf a:g rfXof] ToxL g} k7fpg] / ToxfFaf6 ;?jf gug{] Joj:yf 5 . t/ s]Gb|Lo ;/sf/n] d dfly u/]sf] ljif]z cfu|xnfO{ d}n] cfkm"nfO{ /fHon] u/]sf] ;Ddfg 7fgL lz/f]k/ u/]sf] 5' . lj ; @)&@ ;Dd ef]sd/L / ul/aLsf] kof{ojfrL ag]sf] s0f{fnLn] h8La'6L / pRr d'Nosf s[lif j:t'sf] pTkfbgdf ljz]if hf]8 lbb} s[lif­­­­­s} sf/0f cfˆgf] kl/ro km]/]sf] 5 . s[lif / h8La'6Ldf w]/} /fd|f] u/] klg kz'kfngdf cem k|ult ug{sf nflu ...

दशैं

हिँड्दाहिँड्दै कुहिरोले बाटो छेकेर रुमलिदैँ बाटो बिराएर झुर्लुक्क झुल्कने घाम जस्तै मुतको न्यानो दिलाउन आउँछ ढोल बजाउँदै दशैँ । अन्नपातको जोहो गर्न नसक्ने भरिया र खाट्टी मजदुरका घरमा , चिसो चुह्लोलाई ओभानो पार्दैन कहिल्यै , नेताले बाँडेको खोक्रो आश्वासनझैँ कुनै अदृश्य देवीले अमन चैन दिने आशमा रक्षा गर्छिन् भन्ने सङ्कल्प लिएर। रोगले खिइदैँ गएको शरीर भोकले सारङ्गी बनेको पेट उमेर नपुगी चाउरी परेको अनुहार खै चिन्दैन दशैँले !! इमानदारका घरमा भ्रष्ट बनेर सज्जनका घरमा दुर्जन बनेर पैसावलाका घरमा अवसर बनेर धनीका घरमा चैन बनेर गफाडीको गफ बनेर जुवाडेको जुवा बनेर ट्वाकेन्द्रको ह्विस्की बनेर आउँछ दशैँ ! तर , दशैँ कहिल्यै भ्रष्टलाई अख्तियार बन्दैन नाङ्गालाई लुगा बन्दैन भोकालाई भोजन बन्दैन नाङ्गाको घरमा लुगा खै ? बनेको रोगीको सिटामोल त कुन्नि ! घाइते मनको मलम बन्दैन दशैँ , दशैँ त केवल, उत्सव हो जहाँ निर्दोष पशुहरुलाई बली दिइन्छ निमुखा जनको इच्छाको पनि हुन्छ बली बाहिर देखिन्छ खसीको खुवा तर चुसीरहेछन् खुन यहीँ आडम्बरीहरु, भ्रष्टहरु अनि मुठ्ठीभर सम्पन्...

आङ ढाक्न विदेशीको भेष खोज्छौ किन ?

आङ ढाक्न विदेशीको भेष खोज्छौ किन ? देश आफ्नै भएपछी प्रदेश खोज्छौ किन ? थाह छ सबैलाई लगावकै खाँचो छ यहाँ , समयलाई नबुझेर ऐश खोज्छौ किन ? अनेकतामा एकता , असमानतामै समानता , सबलाई समान भाग पुगे शेष खोज्छौ किन ? हिम्मत गरौ क्षमता छ दौडनलाई पनि , उभिनलाई विदेशीको अडेस खोज्छौ किन ? सहिष्णुता नैतिकता हाम्रै पहिचान , आफै अल्झी लड्नलाई ठेस खोज्छौ किन ?

हिजो आज

हिजो आज शहरमा तिम्रो चर्चा धेरै  सुने । दिनका चारै प्रहरमा तिम्रो चर्चा धेरै  सुने । खै के जादू छरेकी छौ सबको मस्तिष्कमा, अन्वेसकको ठहरमा तिम्रो चर्चा धेरै  सुने । मेनकाकी त माथ पर्ने उर्वशीका  के कुरा ? सिलोकका ति लहरमा तिम्रो चर्चा धेरै  सुने । अनुप्रास मिलेपछी काफिया र रदिफको , गजलका बहरमा तिम्रो चर्चा धेरै  सुने  । बौद्धिकता मगजभित्र ट्वाल्ल पर्यो जब , बुज्रुकका नि डहरमा तिम्रो चर्चा धेरै  सुने ।।

रोमियो र जुलियटको झै पृत भो जिन्दगी ।

रोमियो र जुलियटको झै पृत भो जिन्दगी । न हारे कसैसंग न त आफ्नै जित भो जिन्दगी । सकेछैन आकाश छुन नत रहे धरतीमै , आफ्नै मनको जेल भित्र कुण्ठित भो जिन्दगी । बिहानीमा टल्किने मोतीका ति दाना , आहा ! घामको रापसंगै उड्ने शीत भो जिन्दगी । पहिल्याउन सकिन की आफ्नै पदचाप , खोलाछेउमा गाईएको गीत भो जिन्दगी । सोच्थो मुक्ति रंगीचङ्गी हरियाली चारैतिर , मात्र सफेद , गेरु अनि पीत भो जिन्दगी ।।

ईसारानै काफी हुन्छ

ईसारानै काफी हुन्छ बात किन चाहियो ? तन मन सुम्पेपछि हात किन चाहियो ? समर्पण गरिसके जीवन तिम्रै नाममा, क्षणभरमै छुटीजाने साथ किन चाहियो  ? तिम्रो उदास मुहारले खुशी भाग्छ मेरो, सूर्यग्रहण लागेपछि रात किन चाहियो ? मुस्कान छर्छौ तिमी जब जिवन हास्छ मेरो , फूलले संसार सजाईदिन्छु पात किन चाहियो ? अझै भन्छ्यौ तिम्रो मेरो सम्बन्ध नै के छ र ? मन मुटु जोडेपछि नाता किन चाहियो ?

जिन्दगी

औशिको कालो रातमा जुनकीरिको उज्यालोले संसार हेर्न खोज्छु ताराको राप ताप्दै पोल्छ कि पोल्दैन साथी देवकोटा सँग सोध्न खोज्छु अनी खोज्छु जिन्दगी ।    चोकको भट्टि  भित्र अमिलो रक्सी सँग बासी अचार् अनि कुहिएको सुकुटिको गन्ध संगै ह्वास्स गन्ह्वाउछ जिन्दगी  । । आफ्नै पहिचान गुमाएर कच्याकुच्युकक परेर फ्यकिएका टिनका    बट्टाभित्र खोजिरहेछु जिन्दगी सभ्यताको चस्माले , वल्लो डिल र पल्लो किनार अंधो साप जस्तै लर्खरिएर , रित्तो शहरको गल्लिमा आफ्नै परवर्तित ध्वनी संगै गाइरहेछु मध्य रातमा   उल्लुको जस्तै स्वरले जिन्दगीको गीत ....................... चमेरो झै झुन्डिएर  संसार उल्टो देख्दाखेरी फेरी आफ्नै पाइतालाले   आकाश कुल्ची हिंड्न खोज्दा आफ्नै टाउको फोरिएर निस्किएको त्यो रगत संगै बगिरहेछ जिन्दगी, सडक बत्तिको उज्यालोले देखिएको आफ्नै छायासँग तर्सिएर भागीरहेछ जिन्दगी  ..............................।।

तिमीले

पहिले आँखाको नानी बनायौ , अहिले जलाई खरानी बनायौ । जोड्नै नसक्ने गरी फुटेको प्रेम कहानी बनायौ सर्वस्व सुम्पिदिए तिमीले गागेको बेला , आफुलै मेटाईदिने दधिचीझै दानी बनायौ । गंगाको उपमा दियौ प्यासी वनी आएथ्यौ जब , आफ्नो मैलो पखाल्यौ मलाई फोहर पानी बनायौ । त्याग्नुनै थियो आखिर लियौ अग्नीपरिक्षा किन ? तिमी विद्धान सर्वज्ञाता मलाई मुर्ख अज्ञानी  बनायौ  । पहिले आँखाको नानी बनायौ अहिले जलाई खरानी बनायौ जोड्नै नसक्ने गरी फुटेको प्रेम कहानी बनायौ

नास्तिक

तिमी भजनको नाममा लाल चुनरी गाउछौ , कृष्ण र राधाको प्रेम कथा घोक्छौ , गाँउका प्रेमीलाई डाँडो कटाउछौ , सांसरिक जिवनबाट मुक्ति खोज्छौ । तृष्णा पुर्ति गर्न मन्दिर धाउछौ , अहंकारले निर्लिप्त भएर मन्दिर पस्छौ । उसको सर्वनास होस , मेरो फलिफाप होस , आग्रह  गर्छौ भगवानसंग ! भाकल गर्छौ देउतालाई निर्दोष पशुलाई फाँसी दिन्छौ । कोहि मरेको खुसीयाली मनाउछौ , मलाई नास्तिकको बिल्ला भिराउछौ । ए !!!! बुज्रुकहरु हो ! तिमी लौकिक र अलौकिक भन्छौ , भौतिक र अभौतिकको कुरा गर्छौ  , पाप र पुण्यको मन्त्र जप्छौ , अनि आस्तिक र नास्तिकको लेप घस्छौ । नैतिकता र मानवियताको दोहोलो काढी . असाह्यलाई लात मार्छौ । रोगीलाई पापी भन्छौ । तिमीभित्रको रोग कसले जान्ने ? अमुक जिवको वलि दिएर कमजोरको घाटी थिचेर , शक्तिमानको पूजा गर्छौ । अनि भन्छौ अलौकीक सुखका लागी मैले पुज्ने देउताका लागी ! तिम्रो त्यो कलात्मक पत्थर सिङ्गमर्मरको भित्तोमा सजाउछौ । त्यो कुद्ने शिल्पकार , अछुत मान्छौ । पत्थर पुज्छौ , मानिसको अपमान गर्छौ । तिम्रा व्यापार...

बादल, बर्षा, बाढी अनि बेचैन मन

भुवाझै तैरिएर निल गगनमा । क्यानभासमा पोतिएका आकृतिहरु , कुदीरहन्छन वेलगाम घोडाजस्तै। सारा जगतको जननी बनी पोखिएका छिटाहरु , गाएझै गित , भाका फेरी फेरी । अमृत बन्छ जनलाई , बर्षा अनि साउने झरी । च्याँठिएर गर्जिएर , निकाली आवाज भयङ्कर । सुन्दैन आर्तनाद कसैको , कुदीरहन्छ निरन्तर , ध्वस्त पार्दै संसार । समयले उचाल्दा भुवा झै ! सुन्दर आकृति क्यानभासको अमृत बर्षा रसपान गरी , नसुनी कसैको कुनै वाणी । कुदीरहेछ यो मन , वेलगाम घोडा जस्तै। उर्लीरहेछ यो मन , खहरेको बाढी जस्तै , खसिरहेछ जिन्दगी , पानीको थोपा जस्तै .............. ‍ ? पानीको थोपा जस्तै । । ।

दिलसरा

दुई बर्षअघि देखेको थिए दिलसरालाई । थेप्चो नाक चिम्सा आँखा चिसोले फुटेर राता भएका गाला अनि गोरो छाला हसिलो अनुहार र कौतुहलतापूर्ण नजरले मलाई हेर्दा मैले उनको अनुहार पढ्न सकिरहेको थिईन । त्यताबेला उनी  चार बर्षकी रहिछन । उनको बालसुलभ चन्चलता आँखामा प्रस्टै झल्किन्थ्यो । तिन बर्ष साउदीमा कमाएर आएका दलबहादुर सकेसम्म आफ्नै गाँउघरतिर नै मेहेनेत गरेर पसिना बगाउने लक्ष्य लिएका थिए । गाँउले साथीभाई छरछिमेकी ईस्टमित्र कोही पनि उनको निर्णयसग खुशी थिएनन् । एकातिर आफुलाई परेको बेला सहयोग गर्ने आफन्तको सुझाव अर्को तिर आफुले खाएको ठक्करबाट फेरी त्यही चक्करमा नफस्ने अभिलासा ‌यसरी दोधारमै रहेको बेला मसंग सल्लाह माग्न आए । मेरो सल्लाह उनलाई जहिल्यही पनि व्यवसायिक पशुपालन नै हुन्थ्यो । बाख्रा बंगुर वा कुखुरा नै विकल्प थिए । तिनैमध्ये कुनचाही उपयूक्त हुन्छ  मैले हेरेर उपाय बताउनु पर्ने भयो । बर्षदिनदेखी बसेको कार्यालयमा यसरी सल्लाह माग्न आउने उनी निर्विकल्प पहिलो  र एक मात्र हुन । मलाई जान गाह्रो परेन , कार्यालयबाट चार घण्टाको दुरीमा दलबहादुरको घर थियो । उनलाई बताए अनुसार म वास वस्ने ...

भानु जयन्तीको अवसरमा उनैमा समर्पित

                          स्वर्गसंग तुलना गर्यौ कान्तिपुर नगरी, पुस्तौ पुस्ता सजिव राख्ने  मनमा अपेक्षा भरी । देख्यौ भानु प्राचिन देव यि नेपाली जन, संस्कार अनि थर अनेक एउटै नेपाली मन । देख्यौ र कहाँ ? तिमीले दानवी रुप यिन्को, अधिकार मात्र खोज्ने नभाँची कामको सिन्को । तिम्रो त्यो महान कार्य कहाँ अर्थ दिलायो ? अमृत बाड्यौ सब जनमा भन्छन बिष पिलायो । घाँसीबाट अर्ति लिई आफ्नै ज्ञान बढाया,ै प्रश्नोत्तर, बधुशिक्षा नैतिकता पढायौ । ज्ञान मात्र लियौ दियौ,संदेहविना धनको, नैतिकता पिलायौ मनमा सब नेपाली जनको । बन्न थाल्यो नरक कान्तिपुर छैन अलकापुरी , बुज्रुकले सिमा तोकी घटाए ज्ञानको दुरी । खुर्समातले ग्रहण गरी तिम्रा अमृत वाणी , यिनै शब्द चढाउँछ मुक्ति तिमीमा जानी नजानी ।

गजल

बाँसघारीको डाङ्ग्रेको झै हल्ला भएपछी , बाैद्दिकता मगजभित्र ट्वाल्ल  भएपछी । कहिले अाउछ बचेरो बोक्रा फोडी अण्डाबाट ? अोथारोमा कुर्नेहरू चल्ला भएपछी । व्यार्थ रैछ शिष्यबाट उन्नतीको अाश गर्नु , शिक्षा दिने गुरू अाफै झल्ला भएपछी सम्हाल्दिनु कसले जीवन यता छ की उता ? च्यातिएको डसनाको पल्ला भएपछी । हराइसक्यो राष्ट्रियता , अात्मसम्मान खोज्छाै , सबैजना विदेशीको गल्ला  भएपछी । 

लघुकथा

समय दश कक्षाको टेस्टमा फेल भएपछी दर्वाङ बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउ गाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु चाम्रो हुने भएकाले सबैले मन पराउथे । खासगरी रक्सी पसलमा त चाडै नै सकिन्थ्यो । के गर्नु ! परिवार पाल्नै प र्यो । भारी तथा कुखुरा नपाएको दिन दर्वाङका होटलहरुमैदिन वित्थ्यो । भर्खरको देखेर हो या आफ्नै दौतरी जस्तै ठानेर प्राय लाहुरेहरुले मलाईनै भरीया बनाउन खोज्थे । दलाललाई पासपोर्ट बुझाएको दुई महिना भैसकेको थियो । एक दिन एउटा लाहुरे आयो । कालो चस्मा , टि सर्ट र जिन्सपाईन्ट लगाएको , गोरो छाला भएको । आँखा र नाकले मात्र नेपाली भएको छनक दिन्थ्यो नत्र विदेशी जस्तै देखिन्थ्यो । हुन त प्राय लाहुरेहरु भर्खर आउदा यस्तै देखिन्छन । महिनादिनमै पछि हामी जस्तै हुन्छन् । छतमा राखेको सुटकेस झार्ने क्रममा खलासीले  मान्छेकोभन्दा दोव्वर भाडा लाग्छ भन्दा अनुहार केही विगारेपनि उसले केही भनेन । म आफ्नो रोजगारदाता पाएकोमा भित्र भित्रै दंग थिए । पुर्याउने ठाँउ र...