भानु जयन्तीको अवसरमा उनैमा समर्पित

                         
स्वर्गसंग तुलना गर्यौ कान्तिपुर नगरी,
पुस्तौ पुस्ता सजिव राख्ने  मनमा अपेक्षा भरी ।

देख्यौ भानु प्राचिन देव यि नेपाली जन,
संस्कार अनि थर अनेक एउटै नेपाली मन ।

देख्यौ र कहाँ ? तिमीले दानवी रुप यिन्को,
अधिकार मात्र खोज्ने नभाँची कामको सिन्को ।

तिम्रो त्यो महान कार्य कहाँ अर्थ दिलायो ?
अमृत बाड्यौ सब जनमा भन्छन बिष पिलायो ।

घाँसीबाट अर्ति लिई आफ्नै ज्ञान बढाया,ै
प्रश्नोत्तर, बधुशिक्षा नैतिकता पढायौ ।

ज्ञान मात्र लियौ दियौ,संदेहविना धनको,
नैतिकता पिलायौ मनमा सब नेपाली जनको ।

बन्न थाल्यो नरक कान्तिपुर छैन अलकापुरी ,
बुज्रुकले सिमा तोकी घटाए ज्ञानको दुरी ।

खुर्समातले ग्रहण गरी तिम्रा अमृत वाणी ,
यिनै शब्द चढाउँछ मुक्ति तिमीमा जानी नजानी ।

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद