दिलसरा
दुई बर्षअघि देखेको थिए दिलसरालाई । थेप्चो नाक चिम्सा आँखा
चिसोले फुटेर राता भएका गाला अनि गोरो छाला हसिलो अनुहार र कौतुहलतापूर्ण नजरले
मलाई हेर्दा मैले उनको अनुहार पढ्न सकिरहेको थिईन । त्यताबेला उनी चार बर्षकी रहिछन । उनको बालसुलभ चन्चलता आँखामा
प्रस्टै झल्किन्थ्यो ।
तिन बर्ष साउदीमा कमाएर आएका दलबहादुर सकेसम्म आफ्नै
गाँउघरतिर नै मेहेनेत गरेर पसिना बगाउने लक्ष्य लिएका थिए । गाँउले साथीभाई
छरछिमेकी ईस्टमित्र कोही पनि उनको निर्णयसग खुशी थिएनन् । एकातिर आफुलाई परेको
बेला सहयोग गर्ने आफन्तको सुझाव अर्को तिर आफुले खाएको ठक्करबाट फेरी त्यही
चक्करमा नफस्ने अभिलासा यसरी दोधारमै रहेको बेला मसंग सल्लाह माग्न आए । मेरो
सल्लाह उनलाई जहिल्यही पनि व्यवसायिक पशुपालन नै हुन्थ्यो । बाख्रा बंगुर वा
कुखुरा नै विकल्प थिए । तिनैमध्ये कुनचाही उपयूक्त हुन्छ मैले हेरेर उपाय बताउनु पर्ने भयो ।
बर्षदिनदेखी बसेको कार्यालयमा यसरी सल्लाह माग्न आउने उनी निर्विकल्प पहिलो र एक मात्र हुन । मलाई जान गाह्रो परेन,
कार्यालयबाट चार घण्टाको दुरीमा दलबहादुरको घर थियो । उनलाई बताए अनुसार म वास
वस्ने गरेर गएको थिए ।
दिलसरा दलबहादुरकी छोरी थिई । पाँच बर्षअघी उसकी आमालाई
विवाह गरेका थिए । दिलसरा जन्मिएपछी कमाई गर्न साउदीको यात्रा गरेका थिए । रेडियो
टिभीले विज्ञापनमा भन्ने जस्तो गाह्रो भएन उनलाई विदेश जान । काम पनि राम्रै थियो
र कमाई पनि । दिलसरा दुई बर्षकी हुदा छुट्टीमा आएर दिलसरा र उसकी आमालाई वेनीमा
लगेर राखेका थिए । परिवारबाट पनि स्विकृति थियो । वृद बाउ आमालाई घरको काममा
सघाउने कोही नभए पनि दलबहादुरले दिलसरालाई पढाउन भनि श्रीमतिलाई वेनी पठाउन राजी
भएका थिए ।
वेनी पुगेपछी दलबहादुरकी श्रीमतिको चाला फेरिएको थियो ।
मोवाईल त दलबहादुरले पहिलेनै पठाएका थिए । कहिले छोरी विरामी भएको कहिले आफैलाई औषधी
गर्न भनी पैसा पटाउन लगाउथी । वेनी बस्न थालेको छ महिनापछी दलबहादुरकी
श्रीमती दिलसरालाइ बाजे बज्यै संग छाडेर
अन्तै पोईला गईछ। खबर सुन्नासाथ दलबहादुर
नेपाल फर्के । फर्कदा कमाएको पैसा पनि छैन श्रीमती पनि छैन दिलसरालाई टाँसो लगाएर
उसले आफ्नो बाटो तताईसकेकी थिई । यस्तो
होला भनेर उसले रतिभर पनि सोचेको थिएन ।
मलाई यति भनिसक्दा दलबहादुरका आँखा टल्कीसकेका थिए । उता
उनकी आमाले खाना पकाईसकेकी थिईन । दलबहादुरले विदेशबाट फर्केपछी गाँउबाटै विवाह
गरीसकेका थिए । दिलसरा भाईकी दिदी भईसकेकी थिईन । त्यसबखत दलबहादुरलाई व्ययसायिक
बाख्रापालन सबैभन्दा उपयूक्त भएको बताए । फर्कदा दिलसराले मलाई परिचित नजरले
हेरिरहेकी थिईन ।
मेरो कार्य क्षेत्र परिवर्तन भयो ।
त्यसपछी मैले दिलसरा र दलबहादुर संग भेट भएन ।
त्यस बखत त्यो गाँउमा मोबाईले काम गर्थेन । दुई वर्षपछी कारणवश त्यो गाँउमा जान पर्ने भयो
। मैले दिलसरालाई सम्झे अब त उ स्कुल जाने बेलाकी भैसकी उसका लागी
मैले चित्रकथाको बुक कापीहरु र पेन्सिल किने ता की
दिलसरालाई काम लागोस् ।
म दलबहादुरको घरमा पुगे । दलबहादुर घरै रहेछन मलाई चिनेर
मैले भन्दा अगाडीनै उनले मलाई बोलाए । एउटी नयाँ महिला पनि उनिसंगै बाहिर
निस्किन मैले दिलसरालाई देखिन र सोधे दलबहादुरले आफू फेरी विदेश गएको र पुरानै
कथा दोहोरीएको बताए त्यसैबेला दिलसरा
आफ्नो भाईलाई लिएर आई अनि आफ्नी तेस्री आमाको लुङ्गीको फेर समाएर हेरिरही ।
अन्त्यतिर अलिकति केहि सम्पादन गर्ने हो भने बडो गज्जबको छ यो लघुकथा । साँच्ची त्यो बाख्रापालनको कुरो के भएर छाडे त्यो कुरो कथामा अलि स्पष्ट भएन की ?
ReplyDelete