गजल

बाँसघारीको डाङ्ग्रेको झै हल्ला भएपछी ,
बाैद्दिकता मगजभित्र ट्वाल्ल  भएपछी ।

कहिले अाउछ बचेरो बोक्रा फोडी अण्डाबाट ?
अोथारोमा कुर्नेहरू चल्ला भएपछी ।

व्यार्थ रैछ शिष्यबाट उन्नतीको अाश गर्नु ,
शिक्षा दिने गुरू अाफै झल्ला भएपछी

सम्हाल्दिनु कसले जीवन यता छ की उता ?
च्यातिएको डसनाको पल्ला भएपछी ।

हराइसक्यो राष्ट्रियता , अात्मसम्मान खोज्छाै ,
सबैजना विदेशीको गल्ला  भएपछी । 

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद