Posts

ट्रेड युनियन

सुनिल सर मेरो यति चिठी टाईप गरिदिनु न ! टाईपिष्टले चेपारे लगाउदै काम अह्राई । सुनिल सरले हार्दिकताका साथ सघाए । सुनिल सर ! आज म आउन ढिला हुन्छ मेरो काम हेरिदिनु है !" पुराना तारा सरले सुनिललाई फोन गरेर भने ,  सुनिल सर आफ्नो कामको साथसाथै तारा सरको पनि काम हेरिदिए । सुनिल सर मेरो अनुपस्थितीमा कार्यालयको रेखदेख गर्नु है कार्यालय प्रमुखले सुनिल सरलाई नै जिम्मेवारी दिए, सुनिल सर हवस् भन्दै सम्पुर्ण काम अत्यान्तै कुशलताका साथ जिम्मेवारी निर्वाह गरे । भर्खरै लोकसेवा पास गरेर आएका सुनिल सर फुर्तिका साथ हरेक काम सम्पन्न गर्दछन। सहयोगी, मृदुभाषी तथा कार्यालयका हरेक काममा निपुर्ण उनलाई कार्यालय प्रमुख देखी करारका कार्यालय सहयोगी सम्मले काम अह्राउन सहज ठान्थे । सरकारी जागिर ठगेर खानुपर्छ भन्ने मानसिकता लाई परिवर्तन गर्नुपर्दछ र सरकारी कर्मचारी कामचोर हुन्छन भन्ने जनमानसमा गढेर रहेको प्रभाव हटाउन पर्छ भन्दै त्यसको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने सुनिल सर त्यति सहयोगी र कामप्रतिको लगाव हुदा हुदै पनि कसैका पृय थिएनन् । कारण उनी कुनै राजनितिक दल सम्बद्द ट्रेड युनियनको सदस्य थिएनन्। हरेक का...

राष्ट्रवाद

छिमेकी देशले अन्तराष्ट्रिय सन्धि , सम्झौता लत्याउदै भुपरिवेष्ठित देशले पाउने स्वतन्त्र पारवाहन अधिकार समेत कुल्चेर नाकाबन्दी गरेपछि धेरै  नेपालीमा मौषमी राष्ट्रवाद पलायो । " उसले तेल नदिए के भो र ? हामी अर्को छिमेकी देशबाट ल्याउछौ " । एक नेताले भने । " हामीले चामल निर्यात गरेको इतिहास छ । कसैले नाकाबन्दी गर्दैमा हामी भोकै मर्दैनौ । ३९ % जंगल छ हाम्रो दाउरामा पकाएर खादा झन स्वादिलो हुन्छ" तसर्थ ग्याँसको विकल्प दाउरा , अर्को नेताले भाषण ठोके , बदलामा पनि उसले ताली ठोक्यो । " गाडी चढ्न नपाएर के भो हामी साईकल चढ्छौ ", भर्खर मन्त्री पद खुस्केका उसका नेताले उद्घोष गरे । उपस्थित सबै जनले करतल ध्वनीका साथ ताली पट्काए । राष्ट्रवादी मोर्चाको भेला सकियो । उ पनि घर तिर लाग्यो । अभाव हुन्छ भन्ने थाह पाएपछि लुकाएर राखेको २ सिलिन्डर ग्याँस सकिएको थिएन । खाना खाईवरी सुत्यो । बिहान बाथरुममा नुहाईसकेपछि गन्जी लगाउन खोज्दा गञ्जीको लेबलमा आँखा पुग्यो जहाँ Made in India लेखेको थियो । उसको पालो सो लेबल च्यातेर फ्याँकीदियो । अनि गन्जी लगायो । दिनभर उसलाई र...

वेरोजगार

असारको महिना , पानी कम परेपनि खेतिपाती गर्नलाइ कृषकहरुलाइ चटारो उत्तिकै छ । पानी नपर्दा धान खेती नभएपनि पाखोबारीमा काेदो रोप्ने, मास-बोडी छर्ने कामले पिरोलेकै थियो । देशमा वेरोजगारको तथ्याङ्क निकाल्नको लागी नमुना संकलन गर्न हाम्रो संस्थाको तर्फबाट म गाउँमा खटिइ गए । गाउका सबै घरमा केटाकेटी र काम गर्न नसक्ने बुढाबुढी मात्रै भेटेपछि म पनि खेतबारी तिरै लागे। बारीमा खन्ने अलि उमेरका महिला थिए भने उमेर ढल्किसकेकाहरु जेनतेन कोदोको बीउ माटोमा रोप्दै थिए । उनीहरुलाइ मसंग बोल्ने फुर्सद समेत थिएन , सरासर आफ्नो काम गर्दै थिए । आफुपनि कृषककै छोरो भएकाले त्यतिबेलाको तिनिहरुको मनोदशा बुझ्नलाइ मेरालागी खासै समस्या रहेन । र उनिहरुलाई डिस्टर्व नगर्ने मनसायले फुर्सदिला मान्छे खोज्दै गाउँतिर लागे ।   अलि माथी २ / ४ बर्षदेखी बनमाराले ढाकिएको जमिन छाडेर गाउँको बजारमा पुगें जहाँ दुईखाल म्यारिज जमिरहेको थियो । हेर्ने र खेल्ने गरेर २० / २२ जना येवा तथा प्रौढ उमेरका पुरुषहरु त्यहाँ देखेपछि आफ्नो काम बन्ने आशले मैले आफु त्यहाँ आउनुको कारण बताएपछि अलि ठालु जस्तो लाग्नेले जुरुक्क उठेर भन्यो " कस्त...

गुरु पुर्णिमाको अवसरमा

कला भित्रैबाट जाग्नुपर्दछ त्यसमा निखरता साधनाले मात्र ल्याउछ । " तिमीमा अन्तरनिहित कला छ जसलाई प्रष्फुटन गराउन मात्रै हैन कलालाई धारीलो बनाउन समेत म सहयोग गर्दछु " प्रवेश परिक्षाको रुपमा मैले बनाएको तत्कालिन दृश्यको मुर्त चित्र हेरेर गुरुले भन्नुभयो । शहर मात्र हैन देश विदेशमा राम्रो छाप भएका चित्रकारले मलाई शिष्य बनाउनुभयो । म गुरु प्रति धेरै आभारी भए । ब्रह्मा , बिष्णु , महेश्वर भन्दा गुरुको स्थान माथी हुन्छ भनेर सानैदेखी सिकेको मैले गुरुलाई हरेक बिहान चरणस्पर्श देखी हरेक आदर दिंए । गुरुलेपनि आफ्नो ज्ञान मलाई लियोनार्दो दा भिन्चीदेखी पाब्लो पिकासोसम्म , थान्का पौभा देखी बोर्ड आर्टसम्मका कला तिनका विशेषता तथा महत्वको बारेमा बुझाउनु भयो । गुरुसंगको सिकाईले कला क्षेत्रमा मेरो लगाव झन परिष्कृत हुदै गयो । निर्धारित कोर्ष पुरा गरीसकेपछि म आफ्नो कलाकारितालाई व्यवसायीक रुप दिन लागिपरे । यो जमाना नै व्यवसायीक छ । मेरा गुरु पनि एक सफल व्यवसायीक चित्रकार नै हुनुहुन्थ्यो । हरेक बर्ष आयोजना हुने चित्रकला प्रर्दशनीमा देशभरका चित्रकारका विभिन्न कलाकृतिहरु प्रदर्शनी का साथै वि...

कानुन

" साला ! यो देशमा त कानुन नै छैन , सबका सब कामचोरहरु " । " यो देशमा त भ्रष्टचारी र घुसखोरी मात्र बस्छन् यार " एयरपोर्टबाट निस्केर भेट हुने बित्तिकै उसले मसंग यो देशलाई गाली गर्यो । आफ्नो बचपनको साथीले हाम्रो आशिंक सत्यतामाथी टेकेर देशलाईनै तथानाम गाली गर्दा म अवाक भए । मैले अघिनै वार्गेनिङ गरेर ठिक पारेको ट्याक्सीमा सामान राख्दै गर्दा उसको खुट्टाले नालीको छेउमा फालिएको फोहरमा कुल्च्चिन पुग्यो । उसलाई के चाहियो र ! नेपाली नेता र कर्मचारीलाई मुखमा आए जति गाली गर्यो । २ बर्ष विदेश बसेर आएको उसले देशमा कुनै परिवर्तन नभएको देखेपछी हामी त ढेडुनै रहेछौ क्यारे बनायो । " त्यहा त सडकमा थुके पनि जरिवाना हुन्छ " , उसले भन्यो  ट्याक्सीको गति संगै आफ्ना विदेशका अनुभव को पनि गति बढाउलदा म निरुत्तर रहिंरहे । यस्तैमा बीचबाटोमा एक मानिसलाई देखेर गुरुजी अश्लिल शब्द निकालेर नै गाली गर्यो  । उसलाई के चाहियो र ? उताको बखान शुरु गरिहाल्यो " त्यहाँ त जेब्रा क्रसिङ र सब वे बाहेक अन्यत्र बाट बाटो काट्नेलाई समेत जरिवाना हुन्छ , एकपटक मैले झुक्किएर काटेछु १० डलर तिरा...

फेसबुक

महिलाको मुख देख्न नपाएने अरबको खाडीमा घरमा श्रीमतीलाई फोन गर्नुनै पनि त्यति सहज थिएन , कारण महङ्गो फोन शुल्क र उनलाई ईन्टरनेट चलाउन नआउनु । आफुले राम्रोसंग नपढेपनि छोराले राम्रो पढोस भन्ने चाहनाले विदेशमा दुख गरेर बच्चा पढाउन श्रीमतीलाई वेनीमै कोठा खोजेर राखेको छु । छोराको फि, ड्रेस कापी किताब र वेनीको बसाईको खर्च पुरा गर्न मलाइ हम्मे हम्मे परिरहेको छ। तैपनि ओ टी चलिरहने र काम भैरहेकोले खर्च धानिरहेकै छु । हरेक महिनाको सेलरी श्रीमतीलाइ नै पठाउनुपर्ने भएकाले प्राय म भुक्का नै हुन्थे । सबैको हातमा हुने स्मार्ट फोन र फेसबुकले  मलाईपनि आकर्षण नगरेको हैन , तर छोरोको पढाइ र श्रीमती प्रतिको उत्तरदायित्वले सबै कुरा पन्छाइदिन्थ्यो । एक महिनाको ओटीको पैसाले मैलेपनि स्मार्ट फोन किने , श्रीमतिलाई यस महिना ओटी नचलेको भनेर ढाँटे । फेसबुक मलाइ अब कुन चराको नाम रहेन । सलमान खानको फोटो राखेर एकाउन्ट खोले “परदेशी कान्छा” नाम लेखेर । “म्याग्देली कान्छी वान्ट्स टु योर फ्रेन्ड ” एका बिहानै मोवाइलमा सुचना आयो । हिरोइनको फोटो  भएको आइडी भएको र नामैले पनि केटीको आइडी भएको पत्ता लगाउन मलाइ कुनै क...

के हामी भुकम्प पछि जोडिन्छौ ?

विगत ९ बर्ष देखि हामी एउटा सङक्रमणबाट गुज्रीरहेका छौ । एकातिर देशको एकखालको शासन व्यवस्था  सकिएको छ भने अर्को व्यवस्था स्थापित भईसकेको छैन । अन्तरिम संविधानको भरमा देश चलिरहेको कुरा  सबैलाइ अवगत भएकै हो । स्थाइ संविधान निर्माणको नाममा देशका राजनितिक दलहरुले आधा दशक झगडामै फालेपछि गठन भएको डेढ बर्ष सम्म पनि संविधानका मुख्य बिषयहरु संघीयता , शासकीय स्वरुप , राज्यको पुर्नसंरचना र न्याय प्रणलीमा सहमती जुटेको कुरा सुन्नमा आएको छैन । भने प्रक्रियामा लैजाने कुरा पनि गफै त हो सम्धी भइरहेको छ । राजनितिक मात्रै हैन हाम्रो सामाजीक अवस्था पनि संक्रमणकालमै रहेको छ । हिजो विभेद र दमनले निर्माण गरेको एक खालको संरचना भत्कीएको छ भने अर्को संरचना निर्माणकै क्रममा रहेको छ । आज नेपाली समाज सबैलाइ पुर्ण विश्वास गर्ने पक्षमा छैन  भने एक अर्कालाई सम्मान गर्ने परम्परा पनि विस्तारै तोडिदै गएको भान हुन थालेको छ । हिजो विभेदमा पारिएका र दमित अवस्थामा रहेका वर्गका मानिसहरु आफ्नो पुरानो हिसाब अहिले खोजीरहेका पाईन्छन भने तिनीहरुलाई भजाँएर विकराल अवस्था देखाउने त्यही वाहनामा डलर पचाउने पनि हामी मध्य...