राष्ट्रवाद


छिमेकी देशले अन्तराष्ट्रिय सन्धि,सम्झौता लत्याउदै भुपरिवेष्ठित देशले पाउने स्वतन्त्र पारवाहन अधिकार समेत कुल्चेर नाकाबन्दी गरेपछि धेरै  नेपालीमा मौषमी राष्ट्रवाद पलायो ।
"उसले तेल नदिए के भो र? हामी अर्को छिमेकी देशबाट ल्याउछौ" । एक नेताले भने ।
"हामीले चामल निर्यात गरेको इतिहास छ । कसैले नाकाबन्दी गर्दैमा हामी भोकै मर्दैनौ । ३९ % जंगल छ हाम्रो दाउरामा पकाएर खादा झन स्वादिलो हुन्छ" तसर्थ ग्याँसको विकल्प दाउरा, अर्को नेताले भाषण ठोके, बदलामा पनि उसले ताली ठोक्यो ।
"गाडी चढ्न नपाएर के भो हामी साईकल चढ्छौ", भर्खर मन्त्री पद खुस्केका उसका नेताले उद्घोष गरे ।
उपस्थित सबै जनले करतल ध्वनीका साथ ताली पट्काए ।
राष्ट्रवादी मोर्चाको भेला सकियो । उ पनि घर तिर लाग्यो । अभाव हुन्छ भन्ने थाह पाएपछि लुकाएर राखेको २ सिलिन्डर ग्याँस सकिएको थिएन । खाना खाईवरी सुत्यो ।
बिहान बाथरुममा नुहाईसकेपछि गन्जी लगाउन खोज्दा गञ्जीको लेबलमा आँखा पुग्यो जहाँ Made in India लेखेको थियो । उसको पालो सो लेबल च्यातेर फ्याँकीदियो । अनि गन्जी लगायो ।
दिनभर उसलाई राष्ट्रवादी भएकोमा गर्व लागिरह्यो ।  


Comments

  1. यो लघुकथाको पात्रले झैँ अन्ध राष्ट्रवादले हामी धेरैलाई गाँझेको छ। एकदिन त्यो अवश्य आउनेछ, जहिले हामी देखाउनलाई नभै आफै देखिने गरी देशभक्त बन्नेछौं।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे