ईसारानै काफी हुन्छ
ईसारानै काफी हुन्छ बात किन चाहियो ? तन मन सुम्पेपछि हात किन चाहियो ? समर्पण गरिसके जीवन तिम्रै नाममा, क्षणभरमै छुटीजाने साथ किन चाहियो ? तिम्रो उदास मुहारले खुशी भाग्छ मेरो, सूर्यग्रहण लागेपछि रात किन चाहियो ? मुस्कान छर्छौ तिमी जब जिवन हास्छ मेरो , फूलले संसार सजाईदिन्छु पात किन चाहियो ? अझै भन्छ्यौ तिम्रो मेरो सम्बन्ध नै के छ र ? मन मुटु जोडेपछि नाता किन चाहियो ?