तिमीले
पहिले आँखाको नानी बनायौ , अहिले जलाई खरानी बनायौ । जोड्नै नसक्ने गरी फुटेको प्रेम कहानी बनायौ सर्वस्व सुम्पिदिए तिमीले गागेको बेला , आफुलै मेटाईदिने दधिचीझै दानी बनायौ । गंगाको उपमा दियौ प्यासी वनी आएथ्यौ जब , आफ्नो मैलो पखाल्यौ मलाई फोहर पानी बनायौ । त्याग्नुनै थियो आखिर लियौ अग्नीपरिक्षा किन ? तिमी विद्धान सर्वज्ञाता मलाई मुर्ख अज्ञानी बनायौ । पहिले आँखाको नानी बनायौ अहिले जलाई खरानी बनायौ जोड्नै नसक्ने गरी फुटेको प्रेम कहानी बनायौ