तिमीले
पहिले आँखाको नानी बनायौ ,
अहिले जलाई खरानी बनायौ ।
जोड्नै नसक्ने गरी
फुटेको प्रेम कहानी बनायौ
सर्वस्व सुम्पिदिए
तिमीले गागेको बेला ,
आफुलै मेटाईदिने
दधिचीझै दानी बनायौ ।
गंगाको उपमा दियौ
प्यासी वनी आएथ्यौ जब ,
आफ्नो मैलो पखाल्यौ
मलाई फोहर पानी बनायौ ।
त्याग्नुनै थियो आखिर
लियौ अग्नीपरिक्षा किन ?
तिमी विद्धान सर्वज्ञाता
मलाई मुर्ख अज्ञानी बनायौ ।
पहिले आँखाको नानी बनायौ
अहिले जलाई खरानी बनायौ
जोड्नै नसक्ने गरी
फुटेको प्रेम कहानी बनायौ
Comments
Post a Comment