Posts

Showing posts from November, 2013

गजल

धनको लागि बाउआमाको काख छाडी आए लेकबेंशी भन्ज्याङ डाडा पाखा छाडी आए । अर्थोही लोके पुरुवस्य बन्धू जहीँ बान्धव अनि प्रियसीको साथ छाडी आए । अन्तरमनमा साँचिएको कल्पनालाई पन्छाएर संघारमा टिलपिलाउदो आँखा छाडी आए । बाध्यताले कुल्चिएर सपनाका रहरहरु देउसी भैलो ज्याउरे गीतका भाका छाडी आए । स्वभिमान  र आत्मसम्मान हराएको बेला बुद्ध मेरो शिर सगरमाथा छाडी आए ।

तिहार

शरदको मौषम झै रङ्गिन निधारमा टल्काएर , सप्तरङ्गी टीका । मादल र मुर्चुङ्गाको तालमा देउसी र भैलीको भाकामा , नाच्दै छु म कम्मर मर्काएर । सयपत्री झै पत्रैपत्र मखमली झै अजर , अनि गुरद्यौलीको रङ्ग झै , माला गाँसीएको दाजुभाई र दीदीबहिनीको पवित्र सम्बन्धले । फोहर सफा गर्ने काग , रक्षक कुकुर , दुधदिने गाई , खेत जोत्ने गोरु पूज्ने त्यस्तो पर्व , अहंकार चुर गर्ने विलासी र अत्याचारी इन्द्रको ।। गोवर्द्धनको नाममा सम्झना दिलाउने हाम्रो उर्वर पर्वतको । छरेर मनमा उज्यालो दिपावलीको दीपले देख्छु रङ्गिन सपना जब औशींको रातमा झीलीमीली तिहार को यो सांझमा ।