गजल
धनको लागि बाउआमाको काख छाडी आए
लेकबेंशी भन्ज्याङ डाडा पाखा छाडी आए ।
अर्थोही लोके पुरुवस्य बन्धू जहीँ
बान्धव अनि प्रियसीको साथ छाडी आए ।
अन्तरमनमा साँचिएको कल्पनालाई पन्छाएर
संघारमा टिलपिलाउदो आँखा छाडी आए ।
बाध्यताले कुल्चिएर सपनाका रहरहरु
देउसी भैलो ज्याउरे गीतका भाका छाडी आए ।
स्वभिमान र आत्मसम्मान हराएको बेला
बुद्ध मेरो शिर सगरमाथा छाडी आए ।
Comments
Post a Comment