तिहार

शरदको मौषम झै रङ्गिन
निधारमा टल्काएर ,
सप्तरङ्गी टीका ।
मादल र मुर्चुङ्गाको तालमा
देउसी र भैलीको भाकामा ,
नाच्दै छु म कम्मर मर्काएर ।

सयपत्री झै पत्रैपत्र
मखमली झै अजर ,
अनि गुरद्यौलीको रङ्ग झै,
माला गाँसीएको
दाजुभाई र दीदीबहिनीको
पवित्र सम्बन्धले ।


फोहर सफा गर्ने काग,
रक्षक कुकुर,
दुधदिने गाई,
खेत जोत्ने गोरु
पूज्ने
त्यस्तो पर्व,
अहंकार चुर गर्ने
विलासी र अत्याचारी इन्द्रको ।।

गोवर्द्धनको नाममा
सम्झना दिलाउने हाम्रो
उर्वर पर्वतको ।

छरेर मनमा उज्यालो
दिपावलीको दीपले
देख्छु रङ्गिन सपना जब
औशींको रातमा
झीलीमीली

तिहारको यो सांझमा ।

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद