लघुकथा (अधिकारकर्मी)
ए भाई अलि उता सर त, दिदी बहिनी देखेपछी ठाँउ सर्नुपर्दैन ? हेर्दै खाईलाग्दी रातो पिरो वर्णकी अधवैशे महिलालाई देख्दा एकछिनम अल्मल्ल परे ! म आफैँ दुब्लो मान्छे त्यहाँमाथी झ्यालसंगै टासिएर बसेको थिए । त्यहाँभन्दा उता सर्ने ठाँउ पनि त थिएन नि ! त्यैपनि अलि उता सरे । बस सदरमुकाम जादै थियो ,त्यतिकैमा कन्डक्टर भाडा उठाउन आईपुग्यो " दिदी कहाँसम्म पुग्ने हो? भाडा दिनु त ! महिलाले ठाडै जवाफ दिईन् ''के हतारो हो भाडा उठाउन लाई ! यहाँ मान्छे बस्न पाएको छैन, दिन्छु नि तिम्रो भाडा खाएर जाने हैन" । कन्डक्टर अगाडी नरम स्वरले बोलेको थियो तर एक्कासी उताबाट ठाडो जवाफ पाएपछि उ पनि केही चर्को स्वरले भन्यो "सिटमा बस्नुभएकै छ, लागेको भाड दिनु न खुरुक्क" । महिलाले हात पसारेर चोर औंलो ठड्याउदै कुर्लिईन "के सारो हो यो ड्राईभर खँलासीको जात, कति अनुशासन नभएका हुन "? झण्डै यी………………. यो ला को पारामा कराउदै भाडा दिन अस्विकार मात्र गरिनन कन्डक्टरलाई सोमत र डिस्पिलिन नभएको भनेर दुस्कारिन् ।आडैमा बसेको म ट्वाल्ल परे ! बस अर्को बिसौनीमा रोकियो । एउटी बुढी आमै बल्ल बल्ल बस...