कामरेड

कामरेड अजेय ,
 गाउँ कमिटीमा मात्र हैन , सारा जिल्लामै सक्रिय र चर्चित थिए ।कार्ल माक्र्सको वर्ग सङ्घर्ष देखि हालसम्मका सम्पुर्ण क्रान्तिका व्याख्या र त्यसको व्यवहारिक प्रयोगमा उनी रोल मोडेल मानिन्थे ।आजभोलि मात्र हैन हिजो द्वन्द्वको समयमा पनि उनका विरोधी कोही भएनन । उनको तार्किक क्षमता र सैद्धान्तिक निपुणताले एकदिन यिनी देशको ठुलै अोहोदामा पुग्नेमा सबै जनता विश्वस्त थिए ।
आफ्नो गाउँलाई विकासको नमुना बनाउन उनी कम्मर कसेर लागे। गाउँले हरुले पनि सम्पुर्ण रुपमा कामरेड अजेयलाई साथ दिए । गाउँको विकास साच्चिकै लोभलाग्दो तरिकाले भयो ।देशको संसदमा यश गाउँको चर्चा चल्यो । विकासको यो मोडलका श्रजकलाई सम्मान गरिने भो । सारा गाउँलेले सम्मान कार्यक्रमको तयारी गरे । कार्यक्रममा प्रमुख अतिथि सोही पार्टीका प्रमुखलाई बोलाईयो जो देशका प्रधानमन्त्री हुन।
कार्यक्रम सन्चालकले जब सम्मान गरिने व्याक्तिको नाम पढे,
 सारा गाउँले र स्यमं अजेय कामरेड पनि आश्चर्यमा परे । 
सम्मानित व्यक्तित्व कामरेड शक्ति थिए, जो गत महिना मात्र पार्टीलाई मनग्य चन्दा बुझाएर पुरानो पार्टी  त्यागी उक्त्त   पार्टीमा प्रवेश गरेका थिए ।

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद