फेसबुक
महिलाको मुख देख्न नपाएने अरबको खाडीमा घरमा श्रीमतीलाई फोन गर्नुनै पनि त्यति सहज थिएन , कारण महङ्गो फोन शुल्क र उनलाई ईन्टरनेट चलाउन नआउनु । आफुले राम्रोसंग नपढेपनि छोराले राम्रो पढोस भन्ने चाहनाले विदेशमा दुख गरेर बच्चा पढाउन श्रीमतीलाई वेनीमै कोठा खोजेर राखेको छु । छोराको फि, ड्रेस कापी किताब र वेनीको बसाईको खर्च पुरा गर्न मलाइ हम्मे हम्मे परिरहेको छ। तैपनि ओ टी चलिरहने र काम भैरहेकोले खर्च धानिरहेकै छु । हरेक महिनाको सेलरी श्रीमतीलाइ नै पठाउनुपर्ने भएकाले प्राय म भुक्का नै हुन्थे । सबैको हातमा हुने स्मार्ट फोन र फेसबुकले मलाईपनि आकर्षण नगरेको हैन , तर छोरोको पढाइ र श्रीमती प्रतिको उत्तरदायित्वले सबै कुरा पन्छाइदिन्थ्यो । एक महिनाको ओटीको पैसाले मैलेपनि स्मार्ट फोन किने , श्रीमतिलाई यस महिना ओटी नचलेको भनेर ढाँटे । फेसबुक मलाइ अब कुन चराको नाम रहेन । सलमान खानको फोटो राखेर एकाउन्ट खोले “परदेशी कान्छा” नाम लेखेर । “म्याग्देली कान्छी वान्ट्स टु योर फ्रेन्ड ” एका बिहानै मोवाइलमा सुचना आयो । हिरोइनको फोटो भएको आइडी भएको र नामैले पनि केटीको आइडी भएको पत्ता लगाउन मलाइ कुनै क...