के हामी भुकम्प पछि जोडिन्छौ ?
विगत ९ बर्ष देखि हामी एउटा सङक्रमणबाट गुज्रीरहेका छौ । एकातिर देशको एकखालको शासन व्यवस्था सकिएको छ भने अर्को व्यवस्था स्थापित भईसकेको छैन । अन्तरिम संविधानको भरमा देश चलिरहेको कुरा सबैलाइ अवगत भएकै हो । स्थाइ संविधान निर्माणको नाममा देशका राजनितिक दलहरुले आधा दशक झगडामै फालेपछि गठन भएको डेढ बर्ष सम्म पनि संविधानका मुख्य बिषयहरु संघीयता , शासकीय स्वरुप , राज्यको पुर्नसंरचना र न्याय प्रणलीमा सहमती जुटेको कुरा सुन्नमा आएको छैन । भने प्रक्रियामा लैजाने कुरा पनि गफै त हो सम्धी भइरहेको छ ।
राजनितिक मात्रै हैन हाम्रो सामाजीक अवस्था पनि संक्रमणकालमै रहेको छ । हिजो विभेद र दमनले निर्माण गरेको एक खालको संरचना भत्कीएको छ भने अर्को संरचना निर्माणकै क्रममा रहेको छ । आज नेपाली समाज सबैलाइ पुर्ण विश्वास गर्ने पक्षमा छैन भने एक अर्कालाई सम्मान गर्ने परम्परा पनि विस्तारै तोडिदै गएको भान हुन थालेको छ ।
हिजो विभेदमा पारिएका र दमित अवस्थामा रहेका वर्गका मानिसहरु आफ्नो पुरानो हिसाब अहिले खोजीरहेका पाईन्छन भने तिनीहरुलाई भजाँएर विकराल अवस्था देखाउने त्यही वाहनामा डलर पचाउने पनि हामी मध्यकै नेपाली हौ ।
वि सं २०७२को शुरुवात नै नेपाली जनका लागि एक नमिठो पिडा बनेर आयो । बैशाख १२ गते गएको शक्तिसाली भुकम्पले छिटो धनी बन्ने दाउमा इन्जिनियरको सल्लाह लत्याएर सस्तोमा घर बनाउने र भाडामा लगाउने मानसिकता बोकेका काठमान्डौंवासीका घरमात्र ढलेनन् त्यसमा बस्ने सयौ परिवारहरु ढले बाचेकाहरुको पन िकयौ सपनाको अवशान भयो । काठमान्डौं मात्रै हैन राज्यको पहुच समेत नपुगेका सूदुर गाउँका झुपडीहरु पनि जरैदेखी ढले । यसले सारा देशवासीलाई नराम्रो संग हल्लाएको छ ।
विश्वव्यापीकरण संगै धेरैको पहुँच पुगेको सुचना प्रविधि रसामाजिक संजालको व्यापकताले नेपालीहरुलाई नछुने कुरै भएन यसले सकरात्मक भन्दा नकरात्मक असर बढी पारेको छ ,मतलब यसको उपयोग भन्दा दुरुपयोग बढी छ ।
तथ्यमा भन्दा कथ्यमा रमाउने प्रचलनमा हुर्केका हामीलाई वेवकुफ खबर फैलाउने गतिलो माध्यम बन्यो ।
भुकम्पमा जति मान्छे मरे त्यो भन्दा कयौ बढ िमान्छे कयौपटक मरिरहेका छन । कहिले नासाको हवाला दिदै ९÷१० रेक्टर स्केलको भुकम्प आउछ भनेर मरे , कहिले ज्वालामुखी फुट्ने हल्लाले मरे । कोही राहत नपाएर त कोही उद्दार नपुगेर । भुकम्पको नाममा भएको कालोबजारीको त कुरै नगरौ ।
यस्तो हल्ला र नकरात्मकता संगै थुप्रै राम्रा काम भएको तथ्यलाइ नजरअन्दाज गर्न सकिदैन । सामाजिक संजालमार्फत पिडितलाइ करोडौ सहयोग उठेको छ । कयौ पिडितको उद्दार भएको छ भने कतिले हौसला र भरोसा प्राप्त गरेका छन् ।
एकथरी बौद्धिक भनाउदाहरु सरकारले राहतको कामै गरेन भनेर धर्नामा बस्न सम्म भ्याएछन् भने हिजो बन्द तोडफोड चक्काजाममा खरो रुपमा उत्रने चुल्ठेमुन्द्रेहरु अचानक गायब भएछन् । अन्य कुरामा झगडा गर्ने राजनितिक दलहर छुट्टाछुट्टै सही तर उद्धार र राहतमा लागेका छन् ।
सामाजिक संजालमा नेपालबाट बिदेसिएका नेपालीका दुईथरी कुरा आए । एकथरी थिए भुकम्प गईगो अब नेपालीको घाउमा मल्हम लगाउनु पर्दछ, हामीले सके धेरै सहयोग जुटााउनुपर्दछ नभए पनि आफूले सहयोग गर्नुपर्दछ भन्ने । अनि अर्काथरी आफू यस देहमा जन्मेहुर्केको नभइ बाध्यताले नेपाल र नेपालीसंग साईनो गासेको ठान्ने आफुलाई बौद्धिक ठान्ने बुज्रुकहरु भुकम्पले पु¥याएको क्षतिलाइ मनोरञ्जनका रुपमा लिने , सामाजिक सन्जालमा नेपाल र नेपालीलाइ तुच्छ ठान्ने प्रवित्ति भइकाहरु ।
एकातिर राहत र उद्धारकोकाम निकै सुस्त गतिमा भइरहेको छ भने अर्कातिर हामीलाई सहयोग र उद्धार गर्ने नाममा राष्ट्रको स्वधिनता र अस्मितामाथी नै प्रहार भइरहेको छ । के कुनै छिमेकीको दुखमा सहयोग गरेबापत उसको अस्मितामाथी हात हाल्न पाईन्छ र ?
सामाजिक सन्जाल भन्दा यो भुकम्पका बेला अनलाइन मिडियाहरु जनतालाइ सुसुचित गर्न तत्पर रहे। पशुसेवा विभागका उपमहानिर्देशक विजयकान्त झा ले भत्केको धरहराको इट्टा चोर्न लगाएको थाह नपाउने मास्कधारी बेनामी असइ चरित्र होस् या उद्धारका नाममा अन्य देशसंगको जासुसीगर्ने भारतिय वायूसेना को रवैया अनलाइन मिडियालाइ सलाम गर्नै पर्दछ ।
जुनसुकै महाविपत्तीका पछिका प्रमुख कार्यहरु क्रमश उद्धार राहत र पुर्ननिर्माण नै हुन । उद्धार र राहत तत्कालिन आवश्यकता हुन भने पुर्ननिर्माण भनेको दिर्घकालिन काम हो । लाखौ युवा विदेशमा रहेका हाम्रो मुलुकमा पुननिर्माण त्यति सहज छैन तर त्यसो भन्दैमा असम्भव पनि त छैन ! अब राज्यले कठोर संकल्प गर्नै पर्दछ भने नागरिकले व्यक्तिगत हितलाई भन्दा देशको भलाइका लागि योगदान गर्ने बेला आएको छ ।
सुनामी पछि लामो समयदेखी जारी रहेको गृहयूद्ध सकिएर संवृद्धिमा लम्किरहेको इन्डोनेसियाबाट पाठ सिक्न जरुरी छ । जापान र कोरिया पनि त यहाँसम्म आइपुग्न थुप्रो संकटको सामना गरेका थिए ।
तसर्थ
आजैबाट कागले कान लग्यो भन्दा कागको पछि नलागी पहिले आफ्नो कान छाम्ने प्रयत्न गरौ, फेरी मध्यरातमा खोटाङको लामिडाँडामा घाम उदाएको हल्ला कसैले सुन्नुनपरोस् । चन्द्रमा उल्टो भए छोरा हुनेले चकलेट बाडेको देख्न नपरोस् नत्र बाइवल पढे भाचिएको खुट्टा निको हुन्छ भन्दै आउनेका कुरा पनि पत्याउनुपर्ने हुन्छ । हावादारी कुरामा हैन तथ्यपुर्ण कुरामा विश्वास गरौं , गफ हैन काम गरौ पुर्ननिर्माण सम्भव छ ।

Comments
Post a Comment