फेसबुक
महिलाको मुख देख्न नपाएने अरबको खाडीमा घरमा श्रीमतीलाई फोन गर्नुनै पनि त्यति सहज थिएन , कारण महङ्गो फोन शुल्क र उनलाई ईन्टरनेट चलाउन नआउनु ।
आफुले राम्रोसंग नपढेपनि छोराले राम्रो पढोस भन्ने चाहनाले विदेशमा दुख गरेर बच्चा पढाउन श्रीमतीलाई वेनीमै कोठा खोजेर राखेको छु । छोराको फि, ड्रेस कापी किताब र वेनीको बसाईको खर्च पुरा गर्न मलाइ हम्मे हम्मे परिरहेको छ। तैपनि ओ टी चलिरहने र काम भैरहेकोले खर्च धानिरहेकै छु ।
हरेक महिनाको सेलरी श्रीमतीलाइ नै पठाउनुपर्ने भएकाले प्राय म भुक्का नै हुन्थे । सबैको हातमा हुने स्मार्ट फोन र फेसबुकले मलाईपनि आकर्षण नगरेको हैन , तर छोरोको पढाइ र श्रीमती प्रतिको उत्तरदायित्वले सबै कुरा पन्छाइदिन्थ्यो ।
एक महिनाको ओटीको पैसाले मैलेपनि स्मार्ट फोन किने , श्रीमतिलाई यस महिना ओटी नचलेको भनेर ढाँटे । फेसबुक मलाइ अब कुन चराको नाम रहेन । सलमान खानको फोटो राखेर एकाउन्ट खोले “परदेशी कान्छा” नाम लेखेर ।
“म्याग्देली कान्छी वान्ट्स टु योर फ्रेन्ड ” एका बिहानै मोवाइलमा सुचना आयो । हिरोइनको फोटो भएको आइडी भएको र नामैले पनि केटीको आइडी भएको पत्ता लगाउन मलाइ कुनै कसरत गर्नु परेन । तुरुन्तै एसेप्ट गरे ।
हाइ हेल्लो गर्दा गर्दै म्याग्देली कान्छीसंग च्याट लामै हुन थाल्यो । हुदा हुदा बिदाको दिन समेत उनैसंग गफमा समय बित्न थाल्यो । पटक पटक वास्तविक नाम सोध्दा पनि नबताउने र आफ्नो फोटो समेत नराखेकाले मैले पनि उनलाइ आफ्नो वास्तविकता बताउन आवस्यक ठानिन ।
कम्पनीमा काम नहुने भएर म फिनिस आउने भए नेपाल । तर श्रीमतीलाइ खबर नगरी म्याग्देली कान्छीलाइ यो कुरा बताएं उनी पनि मलाइ लिन र पहिलो पटक भेट्न काठमान्डौं नै आउने भइन । प्लेन भरी कान्छीलाइ नै सम्झे , २÷३ दिन काठमान्डौमा उनीसंगै घुमेर अनि मात्र घर जाने योजना बनाएं ।
काठमान्डौं झरेपछिका लागि भन्दै एनसेल को नं.कान्छीले पहिल्यै दिएकी र एयरपोर्टमा सजिलै पाइने भएकाले एनसेलको सिम काठमान्डौं झर्ने वित्तीकै निकाले र कान्छीलाइ फोन गर्दै यात्रु कक्षबाट बाहिरीदै गर्दा कसैको व्यग्र प्रतिक्षमा एयरपोर्टको आगमन कक्षमा हेर्दैै फोनमा बोल्दै गरेकी मेरी श्रीमतीलाइ देखेपछि “म्याग्देली कान्छी” आफ्नै श्रीमती भएको पत्ता लगाउन मलाइ कुनै गा¥हो परेन ।।।।।

गुरू कथा राम्रो छ ! अलिकति अल्छी बन्नुभयो कि भन्ने मात्र हो ! अरू सब ठिक छ ! पुनर्लेखन गरेर परिष्कृत बनाएर राख्ने यत्न गर्नुस् हैं ! यो अझ विशेष कथा बन्नेछ ।
ReplyDelete