Posts

Showing posts from 2014

लघुकथा (अधिकारकर्मी)

ए भाई अलि उता सर त, दिदी बहिनी देखेपछी ठाँउ सर्नुपर्दैन ? हेर्दै खाईलाग्दी रातो पिरो वर्णकी अधवैशे महिलालाई देख्दा एकछिनम अल्मल्ल परे ! म आफैँ दुब्लो मान्छे त्यहाँमाथी झ्यालसंगै टासिएर बसेको थिए । त्यहाँभन्दा उता सर्ने ठाँउ पनि त थिएन नि ! त्यैपनि अलि उता सरे । बस सदरमुकाम जादै थियो ,त्यतिकैमा कन्डक्टर भाडा उठाउन आईपुग्यो " दिदी कहाँसम्म पुग्ने हो?  भाडा दिनु त ! महिलाले ठाडै जवाफ दिईन्  ''के हतारो हो भाडा उठाउन लाई ! यहाँ मान्छे बस्न पाएको छैन, दिन्छु नि तिम्रो भाडा खाएर जाने हैन" । कन्डक्टर अगाडी नरम स्वरले बोलेको थियो तर एक्कासी उताबाट ठाडो जवाफ पाएपछि उ पनि केही  चर्को स्वरले भन्यो "सिटमा बस्नुभएकै छ, लागेको भाड दिनु न खुरुक्क" । महिलाले हात पसारेर चोर ‌औंलो ठड्याउदै कुर्लिईन "के सारो हो यो ड्राईभर खँलासीको जात, कति अनुशासन नभएका हुन "? झण्डै यी………………. यो ला को पारामा कराउदै भाडा दिन अस्विकार मात्र गरिनन कन्डक्टरलाई सोमत र डिस्पिलिन नभएको भनेर दुस्कारिन् ।आडैमा बसेको म ट्वाल्ल परे ! बस अर्को बिसौनीमा रोकियो । एउटी बुढी आमै बल्ल बल्ल बस...

कामरेड

कामरेड अजेय ,  गाउँ कमिटीमा मात्र हैन , सारा जिल्लामै सक्रिय र चर्चित थिए ।कार्ल माक्र्सको वर्ग सङ्घर्ष देखि हालसम्मका सम्पुर्ण क्रान्तिका व्याख्या र त्यसको व्यवहारिक प्रयोगमा उनी रोल मोडेल मानिन्थे ।आजभोलि मात्र हैन हिजो द्वन्द्वको समयमा पनि उनका विरोधी कोही भएनन । उनको तार्किक क्षमता र सैद्धान्तिक निपुणताले एकदिन यिनी देशको ठुलै अोहोदामा पुग्नेमा सबै जनता विश्वस्त थिए । आफ्नो गाउँलाई विकासको नमुना बनाउन उनी कम्मर कसेर लागे। गाउँले हरुले पनि सम्पुर्ण रुपमा कामरेड अजेयलाई साथ दिए । गाउँको विकास साच्चिकै लोभलाग्दो तरिकाले भयो ।देशको संसदमा यश गाउँको चर्चा चल्यो । विकासको यो मोडलका श्रजकलाई सम्मान गरिने भो । सारा गाउँलेले सम्मान कार्यक्रमको तयारी गरे । कार्यक्रममा प्रमुख अतिथि सोही पार्टीका प्रमुखलाई बोलाईयो जो देशका प्रधानमन्त्री हुन। कार्यक्रम सन्चालकले जब सम्मान गरिने व्याक्तिको नाम पढे,  सारा गाउँले र स्यमं अजेय कामरेड पनि आश्चर्यमा परे ।   सम्मानित व्यक्तित्व कामरेड शक्ति थिए, जो गत महिना मात्र पार्टीलाई मनग्य चन्दा बुझाएर पुरानो पार्टी  त्यागी उक्त्त ...

नागबेली बाटो

नागबेली  बाटाहरु हेर्दै टोलाएँ ! यी नागबेली बाटाहरु हैनन्, साच्चिकै नाग हुन्। डस्नका लागि आफ्ना अजङ्गका फणा ठड्याएररहेका छन् । अझ भनौ  एनाकोण्डाज र अजिङ्गरका झै मुख वाएर बसेका छन् । जसले जिउदै निल्छ गरिब र दीनदुखीहरुलाई ।कहिले के अनि कहिले के वाहनामा । ति निरिहहरुलाई पत्तै हुदैन कि आफू निलिइरहेको छु । यिनीहरु निलिन्छन  प्रत्येक घुम्तीमा प्रत्येक नागबेलीमा । यीनीहरु न जन्मिन्छन निलिनैका लागि यीनै घुम्तिहरुमा निलिएरै नै आफ्नो इहलिला समाप्त पार्दछन् । यही नागबेली उकालीको मध्यतिर पुगे । शरिर भिजेछ पसिनाले ! आफ्नै पसिनाको अमिलो गन्ध ह्वास्स गन्हायो । सोचे यतै कतै पसिना ‌ओभाउनु पर्ला ! पुरानो दमको रोगीले खकारेजस्तै आवाज निकाल्दै आधा ईन्चको कालो पाइपबाट  तुरतुर पानी झर्दै थियो । छेवैमा थियो बिसौनी जहाँ बजारबाट बेसाहा बोकेर ल्याउदा पसिना ओभाउने र सुकेको आतलाई रसाउने गर्दछन जनहरु। बिसौनी ! जहाँ सिढी माथी  केही थान छापिएका खोलाका चिल्ला ढुङ्गा बाहेक चिसोले सुक्दै गएका झारपात लतारिइसकेका थिए । अनि पेप्सी र कोकका रित्ता बोतल छरपष्ट थिए भने चाउचाउ , चिजबल ,...

राष्ट्रिय बाल दिवशको उपलक्ष्यमा

Image
बाल दिवशको अवसरमा मिस्टर शर्मा बाल अधिकार सम्बन्धी काम गर्ने अन्तराष्ट्रिय संस्थाका नेपाल स्थित कार्यालयका निर्देशक हुन् । बालबालिकाको अधिकारको क्षेत्रमा उनलाइ टकराव दिन कोही अगाडी आउन सक्दैनन् । देशका बालबालिकाको अवस्था यूरोप र अमेरिकाको दाँजोमा पुर्याउने उनको मिसन छ। उनको आक्रामक कार्यशैली समेटिएको कार्यपत्रसंग बालबालिकाका अभिभावक मात्र हैन सरकार समेत झस्किन्छ। पढ्ने उमेरका बालबालिकालाई कुनैपनि श्रममा लगाउन नपाउने तथा घरमा आमाबावुलाई सघाउने घरयासी काम समेतले बालबालिकाको श्रम शोषण गर्ने उनी जिकिर गर्दछन् । सरकारले बालदिवशको अवसरमा प्रत्येक बर्ष काठमान्डौंमा आयोजना गर्ने गोष्ठीमा उनको कार्यपत्रले प्रथम स्थान प्राप्त गर्छ । आज पनि शर्मा जी बालदिवशको अवसरमा नेपालमा बालबालिकाको वर्तमान अवस्था र भावी चुनौती बिषयको कार्यपत्र उत्कृष्ठ ठहरियो  । जसमा सरकारमा मन्त्रीले  प्रशंसा गरे अझ प्रधानमन्त्रीले त उनको कार्यपत्रमाथी तारिफ गर्नमै आधा घण्टा खर्चिए । बेलुकी शर्माजी  घर फर्किदा गेट खुल्न  ढिलो भयो । २ / ३ पटक गाडीको हर्न बजाउदा समेत गेट नखुल्दा रिसले चूर भए शर्माजी । घ...

भोगाई

नरप्रसादका दुई दाजुभाइ छन् । नरप्रसाद गाउँमै खेतिपाती गर्छन भने भाइ श्यामप्रसाद सहरमा व्यवसाय गर्छन् । नरप्रसादकी छोरी ५ वर्षकी भईन् । उनी भर्खर स्कुल जान थालेकी छन् । खेतीकिसानी गर्ने नरप्रसादले निकै दुःख गरेर छोरीलाई सुनका पिपलपाते मुन्द्री लगाईदिएका थिए। त्यसै त राम्री नरप्रसादकी छोरी सुनका गहना कानमा टल्किदा झन राम्री देखिएकी थिई । उता श्यामप्रसादको छोरो भर्खर ३ वर्षको भयो । यसपाली दशैमा व्यवसायबाट फुर्सद निकालेर दाजु भाउजु र छोरीलाई एक एक जोर कपडा सहित श्यामप्रसाद गाँउमा आए ।   दाजुभाइ बसेर दुःखसुखका कुरा गर्दै गर्दा दिदीभाइ पनि एकआपसमा खेल्दै थिए ।काकाले सहरबाट ल्याई दिएको नयाँ लुगा र दशै‌को रमझम अनि भाइ आएकोले छोरीको खुसी अनुहारमा जूनझैँ झल्किन्थ्यो   । भाइ पनि   गाउँघरको नयाँपन र दिदीको मायाले रमाइरहेको थियो । दिदीको कानमा टल्किएको सुनको मुन्द्रीमा भाइको आखा पर्यो । बाल मन न हो ! टल्किएको वस्तुमा हठात हातले तान्न थाल्यो ।भाइले तान्न थालेपछी दिदी रोएर कराउन थाली । नरप्रसाद र श्यामप्रसाद आआफ्ना बच्चालाई समाएर छुटाए ।तर छोराले मुन्द्रीमाथी साह्रै ज...

बलबहादुर

बल बहादुर निकै प्रभावशाली नेता थिए । विशेष गरी जातीय समानताका सन्दर्भमा उनको विरोध गर्नु भनेको साउनको खहरेसँग पौठेँजोरी खेल्नु जत्तिकै हुन्थ्यो ।जस्तै मै हुँ भन्ने विद्वान पनि उनको तर्कसँग नतमस्तक हुन बाध्य  हुन्थे । सैद्धान्तिक ज्ञानमा  जति निपुण छन् ,उनले त्यसलाई व्यवहारिक रुप पनि दिएका थिए । उनकी छोरीले बाहुन केटासँग अन्तरजातीय बिहे गर्दा बाहुनहरुले घरमा बस्न दिएनन् । उनको छोरी र ज्वाँईलाई साथमा राखी कट्टर बाहुनहरुलाई समेत यो विवाहलाई स्विकार गर्न लगाएपछि गाँउ मात्र नभएर जिल्लाभरि उनको चर्चा चुलिएको थियो । विगत एक महिनादेखि बलबहादुरका छोरा लालबहादुर गाँउमा  देखिएका थिएनन्। सधै गाँउमै रहने मिलनसार  तथा सहयोगी उनको बारेमा सोध्दा बलबहादुरले अनकनाएर विदेश गएको बताए । पछि बुझ्दा थाहा भयो पल्लो गाँउकी पानी नचल्ने जातकी केटीलाई बिहे गर्यो भनेर बलबहादुरले उनलाई घर निकाला गरेका रहेछन् ।

गिरेपछि

शहरभित्र छिरेपछि गजल हरायाे । जाेश जाँगर गिरेपछि गजल हरायाे ।। सबकाे मनमा बास खाेजे,तिरस्कार बीच । अात्मसम्मान गिरेपछि  गजल हरायाे ।। मिठाे बाेली बाहिर छर्दै बगालीमा छुरा धस्ने । वास्तविकता चिरेपछि  गजल हरायाे ।। अाफ्नाे कसलार्इ भन्नु छ र सट्टेबाज सबै गुनकाे बदला तिरेपछि  गजल हरायाे ।। अवसरकाे संघारमा चिहाउदा पनि । बाहिरबाटै फिरेपछि  गजल हरायाे ।।

बाँकी छ

जीन्दगीमा धेरै कुरा गर्न बाँकी छ । खहरेको बाढी पहिरो तर्न बाँकी छ ।   कोपिला भै रहेको सधैभरी यहाँ को छ र ? फक्रीएर फूली ‌ओईली झर्न बाँकी छ ।   गन्तव्य त धेरै टाढा पहिलो पाईला शुरु गरौ , घाट घाटको पानी पिउदै तर्न बाँकी छ ।   चारैतिर विद्रोहले आश रित्तो पार्दा , सृजनाको मुहानमा भर्न बाँकी छ।   सबैकुरा छाडी जान्छौ नाम किन लग्नु ? सबैभन्दा ठूलोकुरा मर्न बाँकी छ ।

शिवलाल

कसैले मोटरसाईकलको पछाडी महिलालाई राखेर हिडेमा तुरुन्तै अनेकखाले अड्कलबाजी गर्ने सस्कारमा हुर्केको मलाई शिवलालको पछाडी बस्नेका बारेमा अड्कल गर्न पनि कुनै बेर लागेन किनभने म उसलाई सानैदेखी जान्दछु । सधै जिम गरेर फिट राख्ने शरीर , सुहाउदो पहिरन र सहयोगी र हसिलो व्यवहार त्यहामाथी किर्तिपुरबाट रत्नपार्कसम्म पग्दा नपुग्दै केटी पट्याउन सक्ने उसको खुवी सङ्ग राम्रै परिचित छु । पटक पटक यसो नगर्न आग्रह गर्दा समेत यो आफ्नो खुवी भएको बताउने र यो मामलामा मलाई बच्चै छस् भन्न थालेपछी उसलाई केही पनि  नभनी म  आफ्नै बाटो लागे । एउटै गाँउबाट शहर आएका हामी गाउदेखी नै सङ्गै हुर्क्यौ , पढ्यौ र शहरमा पनि एउटै डेरामा रह्यौ । कलेजको पढाई सकिएको लगत्तै  आई एन जि ओ को जागिर र स्मिता उसको जिन्दगीमा आएदेखी म र उसको डेरा छुट्टएको हो । धेरै कुरामा समानता भए पनि हामी दुईवटा कुरामा कहिल्यही सहमत भएनौ पहिलो गर्लफ्रेण्ड फेरी फेरी हिड्ने  र दोस्रो आई एन जि ओको जागिर । स्मिता कलेज भरीकै सबैभन्दा राम्री र ट्यालेण्ड केटी थिई। सबैसंग मिठो बोल्ने हँसिलो मुहारले सबैलाई लठ्ठयाउथ्यो । म पनि कलेजको पहिल...

मिठो लाग्छ

समिप पर्दा लखेट्दछ्यौ तिम्र्र्रै काख मिठो लाग्छ । बज्रसरी बज्रे पनि तिम्रै हात मिठो लाग्छ । तिमी घोच्छ्यौ मुटुभित्र वचनले छुरा सरी अचानो झैँ बसे पनि तिम्रै बात मिठो लाग्छ।  मेरा निम्ति मृदुभाषा शब्दकोशमा  छैन होला , मुटु छेड्ने भएपनि तिम्रै बात मिठो लाग्छ । बिना पानी माछा जस्तै हुन्छु म त तिमी बिना,  वचन वाण हाने पनि तिम्रै बात मिठो लाग्छ।  घारे हात पसारेर मलाई गाली गरेपनि , तिम्रै स्वर तिम्रै रुप तिम्रै भाका मिठो लाग्छ ।

नया बर्ष

बादलुको पर्दा स्वाट्ट उघारेर प्रकृतिले आँचल फेर्दा , हरिया जङ्गलका कलिला पातहरुभित्र लुकामारी खेल्दै जव गाउछे कोईलीले गित , सुटुक्क एन्टिनाले नियाल्दै बाहिरी संसार , यार्सागुम्बाले फेर्छ आफ्नो रुप , टुप्लुक्क आउछ मेरो नयाँ बर्ष मलाई स्वागत गर्न । थकित मस्तिष्कबाट कोमल भावले जुर्मुराउदै उभिन्छन आशाका लहरहरु तुर्लुङ्ग झुण्डिन्छन सपनाहरु आँखामा खातमाथी खात लाग्छन आकङ्क्षाहरु आफ्नै मन मस्तिष्कमा हरियो फरिया फेरेर स्नानगृहबाट निस्कदाझै लहराउदा केशबाट , तप्प तप्प चुहाउदै पानीका थोपा मन्द मुस्कान छर्ने नवयौवनाको । वैश छल्किन्छ जव मेरो हिमाल मुसुक्क मुस्कुराउछ । होलीको रङ्गले रङ्गिएर पतझरको नयाँ पालुवा सङ्गै बचेराको चिरविर शुरु हुन्छ अनि पिपिरो घाँसका गाँजहरुमा बुरुक्क उफ्रदै , चर्न थाल्छन मृग शावकहरु ढकमक्क फुलेर गुराँसले लालिमा छर्छ तव घरक्क दैलो उघारेर बढदै गरेको मेरो अल्छीपनलाई टाढा लखेट्दै साउती मार्न आईपुग्छ मेरो नयाँबर्ष !

मेरो कविता हरायो !

बिदो्रहको स्वरले गुन्जिने क्रान्तिको आभा पोतिएको गाउ सहरमा भेटिने पीडाका कथा लेखिएका धेरै वेदना अटाएको भोकै रात कटाएको उमेर नपुगी चाउरिएको कुपोषणले बाउडिएको झुपडीबाटै उदाएको प्रभातकालमा फुटाएको मान्छेसंग बिच्केको संसाझैमा निस्केको संगिनको ढाल बनेर अनेक यूद्ध छेडेको आफ्नै मौलिक मिठासले सामाजिक प्रतिष्ठा पाएको । साहुको खेत जोत्दा जोत्दै बस्ने छानो खोज्दा खोज्दै अचानक हरायो मेरो कविता मेरो कविताले कहिल्यही कुनै जात हु भनेन , कुनै वादको नाममा बिकेन , कुनै धार्मिक खोल ओढेन , कुनै एक सम्प्रदायको स्वार्थ भिरेन । कुरीति र कुसस्कारको पगरी गुथेन । मेरो कविताले स्कुल र कलेजमा ढुङ्गा हानेन क्रान्तिका नाममा नेपाल बन्द गरेन , मोटर जलाएन , सडकमा टायर बालेन क्रान्तिकारी हु भन्दै निहत्थाको जिउ मासेन । कयौ जोर जुत्ता फटाउदा मेरो कविताले कुनै जागिर भेटेन किनकी उसंग थियो शैक्षिक योग्यता , अनि थियो चारित्रिक योग्यता , पेशागत इमान्दारिता बाँकी अत्यावश्यक रहेछ जो उसंग छैन । ए कसैले देख्यो कि ? झुत्रो टालो लगाएको मैलो धोती बेरेको समानताको नजरले हर नेपालीलाई हे...

नयाँ बर्ष नयाँ गजल

मनमा माया संगालेर तिमीसंग जिउन खोजे , दुख सुख अंगालेर तिमीसंग जिउन खोजे । धर्तिलाई तल छाडी उडेको थ्ये  आकाश छुन , माथीबाटै फङ्गालेर तिमसंगै जिउन खोजे । तिम्रै छाती मेरो ओत , तिम्रो हाँसो मेरो खुशी , आफूभित्रै संगालेर तिमीसंगै जिउन खोजे । नियतिले छुटेपनि साथ हाम्रो घरी घरी , मनमा माया संगालेर तिमीसंगै जिउन खोजे । ज्योति बनि तिमी आयौ म त मैन बत्ती , जिन्दगीलाई पगालेर तिमिसंग जिउन खोजे ।।