भोगाई


नरप्रसादका दुई दाजुभाइ छन् । नरप्रसाद गाउँमै खेतिपाती गर्छन भने भाइ श्यामप्रसाद सहरमा व्यवसाय गर्छन् । नरप्रसादकी छोरी ५ वर्षकी भईन् । उनी भर्खर स्कुल जान थालेकी छन् । खेतीकिसानी गर्ने नरप्रसादले निकै दुःख गरेर छोरीलाई सुनका पिपलपाते मुन्द्री लगाईदिएका थिए। त्यसै त राम्री नरप्रसादकी छोरी सुनका गहना कानमा टल्किदा झन राम्री देखिएकी थिई ।



उता श्यामप्रसादको छोरो भर्खर ३ वर्षको भयो । यसपाली दशैमा व्यवसायबाट फुर्सद निकालेर दाजु भाउजु र छोरीलाई एक एक जोर कपडा सहित श्यामप्रसाद गाँउमा आए । दाजुभाइ बसेर दुःखसुखका कुरा गर्दै गर्दा दिदीभाइ पनि एकआपसमा खेल्दै थिए ।काकाले सहरबाट ल्याई दिएको नयाँ लुगा र दशै‌को रमझम अनि भाइ आएकोले छोरीको खुसी अनुहारमा जूनझैँ झल्किन्थ्यो । भाइ पनि गाउँघरको नयाँपन र दिदीको मायाले रमाइरहेको थियो । दिदीको कानमा टल्किएको सुनको मुन्द्रीमा भाइको आखा पर्यो ।



बाल मन न हो ! टल्किएको वस्तुमा हठात हातले तान्न थाल्यो ।भाइले तान्न थालेपछी दिदी रोएर कराउन थाली । नरप्रसाद र श्यामप्रसाद आआफ्ना बच्चालाई समाएर छुटाए ।तर छोराले मुन्द्रीमाथी साह्रै जिद्दी गरेपछी श्यामप्रसादले ५०को नोट दाइलाई दिदै भने,  

"दाई यो छोरोलाई दिनु छोरीलाई अर्को किनिदिनु" ।

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद