नागबेली बाटो
नागबेली बाटाहरु हेर्दै
टोलाएँ !
यी नागबेली बाटाहरु हैनन्, साच्चिकै नाग हुन्। डस्नका लागि आफ्ना
अजङ्गका फणा ठड्याएररहेका छन् । अझ भनौ एनाकोण्डाज
र अजिङ्गरका झै मुख वाएर बसेका छन् । जसले जिउदै निल्छ गरिब र दीनदुखीहरुलाई
।कहिले के अनि कहिले के वाहनामा ।
ति निरिहहरुलाई पत्तै हुदैन कि आफू निलिइरहेको छु । यिनीहरु
निलिन्छन प्रत्येक घुम्तीमा प्रत्येक
नागबेलीमा । यीनीहरु न जन्मिन्छन निलिनैका लागि यीनै घुम्तिहरुमा निलिएरै नै आफ्नो
इहलिला समाप्त पार्दछन् ।
यही नागबेली उकालीको मध्यतिर पुगे ।
शरिर भिजेछ पसिनाले !आफ्नै पसिनाको अमिलो गन्ध ह्वास्स गन्हायो । सोचे यतै कतै पसिना ओभाउनु
पर्ला! पुरानो दमको रोगीले
खकारेजस्तै आवाज निकाल्दै आधा ईन्चको कालो पाइपबाट तुरतुर पानी झर्दै थियो । छेवैमा थियो बिसौनी
जहाँ बजारबाट बेसाहा बोकेर ल्याउदा पसिना ओभाउने र सुकेको आतलाई रसाउने गर्दछन जनहरु।
बिसौनी!
जहाँ सिढी माथी केही थान छापिएका
खोलाका चिल्ला ढुङ्गा बाहेक चिसोले सुक्दै गएका झारपात लतारिइसकेका थिए । अनि
पेप्सी र कोकका रित्ता बोतल छरपष्ट थिए भने चाउचाउ, चिजबल, कुरकुरे र बिस्कुटका खोस्टाहरुले त्यस बिसौनीलाइ कुरुप बनाएका थिए।
शिशिर यामको घाम मधुरो नै थियो । हिउँ निख्रिएर काला भैसकेका हिमालका टुप्पामा केही सेतो बाँकी
नै थियो ।जहाँ बिहानीको सुर्यको किरणले लालिमा पोतेको देखिन्थ्यो कुनै विदेशी
पर्यटकले त्यो दृष्यलाई हेरेर "नेपाल्ज ब्यूटी" भन्थे होलान् कुनै कवि यहाँ आईपुगेको भए कविता
फुराउथे होलान् ! तर मलाई किन्चित त्यो दृष्य सुन्दर लागेन । कुनै
नगरवधुले ग्राहक कुर्दै रत्नपार्कमा बस्दा अनुहारमा बेढङगले पोतिएको लालि पाउडर
भन्दा फरक लागेन ।
मनमा यीनै कुरा खेलाउदै गर्दा एक बृद्ध उँभोबाट पिँठ्यूमा डेढ दुई
बर्षको बच्चा बोकेर ओरालो झर्दै गरेको देखे । सोधे ! बच्चाको हजुरबा रहेछन । बच्चाको अनुहार
हेरे रसिला आँखा फुटेको गाला मुखबाट बग्दै गरेको र्याल र नाकबाट निस्केको
सिगानले हजुरबाको मैलो इस्टकोट भिजेको थियो ।मैले हेरै मात्र
बुढाले एकै सासमा भने, "आठ महिनाको यस
नानीलाइ छारेर बुहारी पोईला हिडी । छोरो विदेशाँ छ ।यसकी बजै बिमारी छे हिन्न सक्दैन । यो बिमारी भ' र अस्तिदेखिन रातभर सुत्न देको छैन झाक्रीलाइ हेरा'र ३ पटक पात्लो फालीसके, बिसेकै भअन तेही भर दरवाङ जान ला'को नि! बरु डाक्टर
भेटिन्नन कि नाँई ? "
बच्चाको छाती घ्यार घ्यार बाहिरै सुनिएकोले बाजेलाइ छिटो जानु भन्दै
डाक्टर त्यही रहेको बताएँ ।
बाजे ओरालो लागे, मैले उनितिर हेरे,
देखे, पैताला कहिल्यही नधोएका जस्ता फुटेर चिरा चिरा परेको र लगाएको कालो म्याजिक
चप्पलसंग दुरुस्त मिलेका ।
पालैपालो पछाडीबाट तलदेखी माथीसम्म हेरे बच्चाको मुहारसम्म पुग्दासम्म दुवै खुट्टामा एक एक थेपा
आँशु झरिसकेछन ।
आँशुको बाटो नागबेली हुदोरहेनछ ।
सिधै झर्यो …………………………………………………………………।
Comments
Post a Comment