जिन्दगी

औशिको कालो रातमा
जुनकीरिको उज्यालोले
संसार हेर्न खोज्छु

ताराको राप ताप्दै
पोल्छ कि पोल्दैन साथी
देवकोटा सँग सोध्न खोज्छु
अनी खोज्छु जिन्दगी ।   

चोकको भट्टि  भित्र
अमिलो रक्सी सँग
बासी अचार् अनि
कुहिएको सुकुटिको
गन्ध संगै ह्वास्स
गन्ह्वाउछ जिन्दगी  । ।
आफ्नै पहिचान गुमाएर
कच्याकुच्युकक परेर फ्यकिएका
टिनका    बट्टाभित्र खोजिरहेछु
जिन्दगी
सभ्यताको चस्माले ,


वल्लो डिल र
पल्लो किनार
अंधो साप जस्तै लर्खरिएर ,
रित्तो शहरको गल्लिमा
आफ्नै परवर्तित ध्वनी संगै
गाइरहेछु मध्य रातमा  
उल्लुको जस्तै स्वरले
जिन्दगीको गीत .......................

चमेरो झै झुन्डिएर
 संसार उल्टो देख्दाखेरी
फेरी आफ्नै पाइतालाले  
आकाश कुल्ची हिंड्न खोज्दा
आफ्नै टाउको फोरिएर
निस्किएको त्यो रगत संगै
बगिरहेछ जिन्दगी,


सडक बत्तिको उज्यालोले
देखिएको आफ्नै छायासँग
तर्सिएर भागीरहेछ जिन्दगी  ..............................।।

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद