कानुन

"साला ! यो देशमा त कानुन नै छैन , सबका सब कामचोरहरु" । " यो देशमा त भ्रष्टचारी र घुसखोरी मात्र बस्छन् यार" एयरपोर्टबाट निस्केर भेट हुने बित्तिकै उसले मसंग यो देशलाई गाली गर्यो । आफ्नो बचपनको साथीले हाम्रो आशिंक सत्यतामाथी टेकेर देशलाईनै तथानाम गाली गर्दा म अवाक भए ।
मैले अघिनै वार्गेनिङ गरेर ठिक पारेको ट्याक्सीमा सामान राख्दै गर्दा उसको खुट्टाले नालीको छेउमा फालिएको फोहरमा कुल्च्चिन पुग्यो । उसलाई के चाहियो र ! नेपाली नेता र कर्मचारीलाई मुखमा आए जति गाली गर्यो ।
२ बर्ष विदेश बसेर आएको उसले देशमा कुनै परिवर्तन नभएको देखेपछी हामी त ढेडुनै रहेछौ क्यारे बनायो । "त्यहा त सडकमा थुके पनि जरिवाना हुन्छ" , उसले भन्यो  ट्याक्सीको गति संगै आफ्ना विदेशका अनुभव को पनि गति बढाउलदा म निरुत्तर रहिंरहे । यस्तैमा बीचबाटोमा एक मानिसलाई देखेर गुरुजी अश्लिल शब्द निकालेर नै गाली गर्यो  । उसलाई के चाहियो र ? उताको बखान शुरु गरिहाल्यो " त्यहाँ त जेब्रा क्रसिङ र सब वे बाहेक अन्यत्र बाट बाटो काट्नेलाई समेत जरिवाना हुन्छ , एकपटक मैले झुक्किएर काटेछु १० डलर तिराईहाल्यो त्यहाँको पुलिसले" । बाटोभरी विदेशको बखान र यताको उपहासले मलाई अ भन्ने अवसरपनि दिएन ।
होटेलमा उसलाई छाडेर म भरे भेट्ने बाचा सहित कार्यालयतिर लागे ।

बेलुकी ५ बजेपछि उसको होटेलमा पुगे । म पुग्नासाथ उसले भन्यो " साला ! पुलिसले मलाई ठग्यो !"  मैले कसरी भनेर सोध्न नपाउदै उसले सानो कागजको चिर्कटो हातमा थमायो , मैले हेरे लेखिएको  थियो " बाटो काट्न आकाशे पुल प्रयोग नगरेकाले रु १०० जरिवाना तिराईएको छ ।" पढिसकेर उसको मुहारमा हेरे, कत्तिपनि लज्जावोध, ग्लानी तथा पश्चाताप केहीपनि  पाईन ।

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद