हिजो आज
हिजो आज शहरमा तिम्रो चर्चा धेरै सुने ।
दिनका चारै प्रहरमा तिम्रो चर्चा धेरै सुने ।
खै के जादू छरेकी छौ सबको मस्तिष्कमा,
अन्वेसकको ठहरमा तिम्रो चर्चा धेरै सुने ।
मेनकाकी त माथ पर्ने उर्वशीका के कुरा ?
सिलोकका ति लहरमा तिम्रो चर्चा धेरै सुने ।
अनुप्रास मिलेपछी काफिया र रदिफको ,
गजलका बहरमा तिम्रो चर्चा धेरै सुने ।
बौद्धिकता मगजभित्र ट्वाल्ल पर्यो जब ,
बुज्रुकका नि डहरमा तिम्रो चर्चा धेरै सुने ।।

Comments
Post a Comment