शरद

लहलह झुलेका धानका वालाहरु,
पातलिएको सूर्यको प्रकास,
खेल्दै बादलुका गुच्छाहरु
खुल्दै गरेको आकाश ।
श्वेत दन्त लहर फिजाएर
हाँसेको हिमाल ।

प्रभातिय मधुर किरणको स्पर्श
जब पर्छ धर्तीमा ।
सप्त रंगी बन्दछन मोती दाना,
बयली खेल्छन सुनौला वाला
चल्दछ अनि सुस्तरी पवन ।

सामना गरेर घाम र खडेरी
झरी अनि बाढी,
रोपिएको अन्न आज
झुलेको देख्दा सुनौला भई,
खेतको आलीमा बसेर
सपना साचेर ।

हातमुख जोर्ने बर्षदिन भरी
उमङ्ग र उल्लाससित
चाडपर्व मान्ने,
आशा साँची मन्द मुस्कान छर्ने
किसानसंगै ।

फक्रेको यौवन छताछुल्ल पारेर
लालुपाते संगै रंगीई,
शितल पवनसंगै बयली खेल्दै,
दशैं अनि तिहारलाई स्वागत  गर्दै,
छठसंगै सिङ्गारिएर आाउछे
 "शरद"
आफूलाई रानी ठानेर।
सयपत्री र मखमलीसंगै फूलेर ।
धानका बालासंगै झूलेर ।।

Comments

  1. कविता मीठो लाग्यो गुरू । मलार्इ पनि ऋतुहरूमा मन पर्ने यहि शरद नै हो । :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद