सत्यता
सत्यताको मोल छैन ढाँट्नेहरु सबै
नैतिकतालाई पैसासँग साट्न्हरु सबै ।
अनिकाल परेको छ ईमान्दार र सज्जनको
षड्यन्त्रको डोरी बाट्नेहरु सबै ।
कर्तव्यको कुरै छैन अधिकार खोज्छन्
मह काढ्ने छैनन् हात चाट्नेहरु सबै ।
आफ्नो दुनो सोझ्याउने भड्खालमा जाउन अरु
काम गर्ने छैन भाषण छाट्नेहरु सबै ।
आफै सर्वज्ञाता ठान्ने मुर्ख ससार सारा
हत्केलाले सूर्य छेक्न आट्नेहरु सबै ।
नैतिकतालाई पैसासँग साट्न्हरु सबै ।
अनिकाल परेको छ ईमान्दार र सज्जनको
षड्यन्त्रको डोरी बाट्नेहरु सबै ।
कर्तव्यको कुरै छैन अधिकार खोज्छन्
मह काढ्ने छैनन् हात चाट्नेहरु सबै ।
आफ्नो दुनो सोझ्याउने भड्खालमा जाउन अरु
काम गर्ने छैन भाषण छाट्नेहरु सबै ।
आफै सर्वज्ञाता ठान्ने मुर्ख ससार सारा
हत्केलाले सूर्य छेक्न आट्नेहरु सबै ।
Comments
Post a Comment