गजल

संगै हिड्ने बाचा गरी एक्लै मलाई पार्यौ किन ?
आउने जाने मुलबाटोमा काडा राखी बार्यौ किन ?

हिजोसम्म पूजा गर्यौ मनमन्दिरमा सजाएर,
आज छड्के तीर हानी आफ्नै देउता मार्यौ किन ?

बाचेको छु आज एक्लै स्मृतिलाई अंगालेर,
मुटुभित्र बास मागी अन्तै डेरा सर्यौ किन ?


आवरणमा खुशियाली  बाचाकसम गरी गरी,
फटाउनुनै थियोभने नौनीजस्तै खार्यौ किन ?

संगै हिड्ने बाचा गरी एक्लै मलाई पार्यौ किन ?
आउने जाने मुलबाटोमा काडा राखी बार्यौ किन ?




Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद