म

म एउटा गन्तव्यहिन यात्री,
घरी चढ्न खोज्छु उकालो,
अनि झर्न खोज्छु ओरालो।
मलाई थाहा छैन
मेरै गन्तव्य,
थाहा छैन अनि
आफ्नै कर्तव्य।

एउटा फुटबल म,
कुनै बेला पक्ष, कुनै बेला विपक्ष।
कुन कहिले गोलपोष्टमा त
कहिले मैदानको बिच चोकमा
कसैले खुट्टाले,
कसैले टाउकाले,
कसैले छातिले त
घुडा र गर्धनले ।
फगत
कुट्छन गुद्छन मलाई,

म,
निरिह छु,
रमिताको पात्र बन्न
तमसाको साधन बन्न।
म लात खाई उफ्न्छु,
कसैको नियन्त्रणमा बस्न खोज्छु।
अनि खोसीन्छु,
अनि फेरि खोसिन्छ,ु
कुनै बेला गोल पोष्टबाट
बाहिर निस्कने मेरो प्रयास
हुदैन सफल।

म,
समातिन्छु, म अड्किन्छु,
पुलिसले चोर समाते झै
कमलको फुलमा भमरा अड्के झै।

म,
यस्तै छु साथी,
दगुर्नु पर्ने मेरो जिवन
भौतिरिनु पर्ने मेरो भाग्य
फुल बन्न खोज्दा
काँडा बन्नु पर्ने
साधन बन्नु पर्ने
हुन खोज्दा साध्य

सहरका गल्लीहरुमा
नगरका चोकहरुमा
कहिल्यै ननिदाईकन
प्यास अनि भोकहरुमा
म लर्खराईरहेछु
म भौतारिरहेछु
निस्फल निरुदेश्य

चन्द्र छुने चाहा मेरो
शिखर चुम्ने धोको
तर खाली भैदिन्छु
मात्र बलीको बोको
मृगतृष्णा बोकेर रण भुमिमा
सिकन्दर बन्न खोज्दा
गरुडको छायामा सर्प परेझै
स्वाभिमानी सद्धाम माथी
जर्जबुसको छाया परेझै
लुटपुटिन बाध्य छु म
गुफाभित्र हराउन बाध्य छु म
नियम र कानुनको पालना गर्न खोज्दा
आदर्श र सदाचरमा जिउन खोज्दा
..........................................................

Comments

Popular posts from this blog

नया बर्ष

माछापुच्छ्रे

राष्ट्रवाद