सपना
गरिब परिवारमा जन्मे ! बोर्डिङ कस्तो हुन्छ थाह पाईएन, पढ्दा पढ्दै आन्दोलनमा लागेर पढाई पुरा गर्न पाईएन । साना कक्षामा फस्ट भएर आउदा बाबाले भनेको सम्झिन्छु । “जमाना अनुसार दुख गरि पढाईएको छ हाम्रा नी दिन आम्चन अरे अब प्रजातन्त्र शासन आम्च रे ,जातभात उचनिच हुन्न रे हाम्राँ केटाले पढेउरो एउटा गतिलो नुकुरी पाउला नि ! त्यतिबेला यी आँखामा सपना ओर्लिए, धेरै पढ्ने मास्टरको जागिर खाने साहुको जत्रै घर बनाउने , बा का हातका ठेला हेरे , अनि दाँज्न भ्याए साहुका हामीले हेर्दापनि दाग लाग्ला जस्ता सेता हात नाडी चम्किएको सुनौलो सिको फाईभ घडी ! फेरी दाँजे साहुनीका सेता पाउजु लगाएका टल्किने खुट्टा संग धान रोपेर २ महिना पानी नपाएको टारी खेत झै चिरा परेका मेरी आमाका पाईतालासंग । झुक्किएर पाक्ने चामलको भात खाने ! उमेरसानै थियो संग संगै सपना पनि । पढ्दै गए केही बुझ्दै गए , सपना परिमार्जित हुदै गए । घरको अवस्था फेरिदै गयो । खाने मुख थपिए यहाको कुटो कोदालोले नपुगेर बा मुग्लान भासिनु भो । घरमा आमालाइ सघाउदै स्कुल जान थाले पढाई छुट्दै जोडिदै गयो । तर निरन्तरता पाईरह्यो । दशमा पुगे एस एल सी पास गरे ...