Posts

गजल

संगै हिड्ने बाचा गरी एक्लै मलाई पार्यौ किन ? आउने जाने मुलबाटोमा काडा राखी बार्यौ किन ? हिजोसम्म पूजा गर्यौ मनमन्दिरमा सजाएर , आज छड्के तीर हानी आफ्नै देउता मार्यौ किन ? बाचेको छु आज एक्लै स्मृतिलाई अंगालेर , मुटुभित्र बास मागी अन्तै डेरा सर्यौ किन ? आवरणमा खुशियाली  बाचाकसम गरी गरी , फटाउनुनै थियोभने नौनीजस्तै खार्यौ किन ? संगै हिड्ने बाचा गरी एक्लै मलाई पार्यौ किन ? आउने जाने मुलबाटोमा काडा राखी बार्यौ किन ?

म

म एउटा गन्तव्यहिन यात्री, घरी चढ्न खोज्छु उकालो, अनि झर्न खोज्छु ओरालो। मलाई थाहा छैन मेरै गन्तव्य, थाहा छैन अनि आफ्नै कर्तव्य। एउटा फुटबल म, कुनै बेला पक्ष, कुनै बेला विपक्ष। कुन कहिले गोलपोष्टमा त कहिले मैदानको बिच चोकमा कसैले खुट्टाले, कसैले टाउकाले, कसैले छातिले त घुडा र गर्धनले । फगत कुट्छन गुद्छन मलाई, म, निरिह छु, रमिताको पात्र बन्न तमसाको साधन बन्न। म लात खाई उफ्न्छु, कसैको नियन्त्रणमा बस्न खोज्छु। अनि खोसीन्छु, अनि फेरि खोसिन्छ,ु कुनै बेला गोल पोष्टबाट बाहिर निस्कने मेरो प्रयास हुदैन सफल। म, समातिन्छु, म अड्किन्छु, पुलिसले चोर समाते झै कमलको फुलमा भमरा अड्के झै। म, यस्तै छु साथी, दगुर्नु पर्ने मेरो जिवन भौतिरिनु पर्ने मेरो भाग्य फुल बन्न खोज्दा काँडा बन्नु पर्ने साधन बन्नु पर्ने हुन खोज्दा साध्य सहरका गल्लीहरुमा नगरका चोकहरुमा कहिल्यै ननिदाईकन प्यास अनि भोकहरुमा म लर्खराईरहेछु म भौतारिरहेछु निस्फल निरुदेश्य चन्द्र छुने चाहा मेरो शिखर चुम्ने धोको तर खाली भैदिन्छु मा...

सत्यता

सत्यताको मोल छैन‍ ढाँट्नेहरु सबै नैतिकतालाई पैसासँग साट्न्हरु सबै । अनिकाल परेको छ ईमान्दार र सज्जनको षड्यन्त्रको डोरी बाट्नेहरु सबै  । कर्तव्यको कुरै छैन अधिकार खोज्छन् मह काढ्ने छैनन् हात चाट्नेहरु सबै । आफ्नो दुनो सोझ्याउने भड्खालमा जाउन अरु काम गर्ने छैन भाषण छाट्नेहरु सबै । आफै सर्वज्ञाता ठान्ने मुर्ख स‌‌‍सार सारा हत्केलाले सूर्य छेक्न आट्नेहरु सबै । 

गजल

प्रकृतिको छटा जस्तै सुन्दरी छौ तिमी ,  आँगनीको शोभायामान मञ्जरी छौ तिमी । चन्द्रजस्तै चम्कीरहने हँसिलो त्यो मुहार , चौबिस क्यारेट सुनजस्तै नम्वरी छौ तिमी । मगमग सुवास छर्यौ मेरो जिवनभरी, बगैचामा फुल्ने फूल अनेकथरी छौ तिमी । तिमी मेरो दिलमा फुल्छ्रयौ सार्थक लाग्छ जिवन, यो मुटुको धड्कन जस्तै सधैभरी छौ तिमी । समाहित गर्यौ पृय एक अर्कामा जिवन, अप्सरा त स्वर्गकी मेरी परी छौ तिमी । 
Image

आज नेपाल बन्द छ ।

आज नेपाल बन्द छ ।  खै कहाँ हो < कसले हो कसलाई ,  खै कुन्नी के वाहनामा , खै कुन्नी के भएर,   खै कसरी कुन्नी के ग¥यो अरे  आज नेपाल बन्द छ ।   खै कसको < खै के नामको < खै कुन सिद्धान्तको < खै कुन वर्गको < कुन्नी कुन राजनितिक पार्टीको, खै कहिलेदेखीको < एउटा कार्यकर्तालाई, दिन दहाडै सडकमा, मान्छे मार्दै गर्दा   पूलिसले समात्यो अरे  उसलाई किन समातियो < पार्टीको माग छ ,  आज नेपाल बन्द छ  ,  मर्ने त अर्को पार्टीको थियो , उ हाम्रो हो , किन समातियो < हामीमाथी किन षड्यन्त्र < छानविन समिति गठन हुनुप¥यो , उसमाथीको विल्ला खारेजी  अनि  हााम्रो कार्यकर्ता समाउनेलाई मृत्यूदण्डकै सजाँय  त्योपनि हामीबाटै । यही हाम्रो माग छ । आज नेपाल बन्द छ ।  खै कहाँ हो < यही दशगजाभित्रै, मेची महाकालीभित्रै, लुटेरा र तस्करविच झडप भो रे दोहोरो  तस्कर भो रे ठहरै , हाम्रो घोर आपत्ती छ ।  आज नेपाल बन्द छ । यहाँ ज्यानको ...

धोवी चरी

धोवी चरी मिर्मिरेको आँगनीमा धोवी चरी गाउन थाली, चिरविर चिरविर भाका फेरी गाउन थाली । लालिमाले पोतिएको पूर्वी क्षितिज पर , समानान्तर आकाशमा नाच्दै फेरी गाउन थाली । मगमग पाजिातको मदहोसी पवनले, लठ्ठिएर सुरताल फेरीफेरी गाउन थाली । वसन्तको पल्लव भित्र लुकामारी खेल्दै, हराएको मेरो मन चोरी चोरी गाउन थाली । रुमल्दिै थियो मुक्ति झम्के बिहानीमा , उमङ्ग र उल्लासको बर्षा छरी गाउन थाली ।