रोमियो र जुलियटको झै पृत भो जिन्दगी ।
रोमियो र
जुलियटको झै पृत भो जिन्दगी ।
न हारे कसैसंग न
त आफ्नै जित भो जिन्दगी ।
सकेछैन आकाश छुन
नत रहे धरतीमै,
आफ्नै मनको जेल
भित्र कुण्ठित भो जिन्दगी ।
बिहानीमा टल्किने
मोतीका ति दाना, आहा !
घामको रापसंगै
उड्ने शीत भो जिन्दगी ।
पहिल्याउन सकिन
की आफ्नै पदचाप ,
खोलाछेउमा गाईएको
गीत भो जिन्दगी ।
सोच्थो मुक्ति
रंगीचङ्गी हरियाली चारैतिर,
मात्र सफेद, गेरु अनि पीत भो
जिन्दगी ।।
wow wow nice poem sir..keep it up
ReplyDeleteबुढा पृत हैन प्रीत । तर गजल सुन्दर छ । अलिकति काँटछाँट गर्ने हो भने सारै सुन्दर हुनसक्छ गुरू ।
ReplyDeletethanks dear
ReplyDelete